Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पोखरा महोत्सवमा माघ ४ गते देखि विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता हुने
- माण्डवी र राममणिको ‘झ्याइँ झ्याइँ बाजा’ सार्वजनिक
- जर्जियामा सम्पन्न ‘वर्ल्ड राइजिङ स्टार’मा नेपाली बाल प्रतिभा समृद्धि शाह विश्व विजेता
- ‘कालकट्टी’ र ‘काकाको बिहे’ दुई नयाँ प्रोजेक्टको औपचारिक घोषणा,
- झापामा परिवर्तन टिम : दरबार कि तलवार? सुशील श्रेष्ठको संवादले ‘परिवर्तन’लाई बनायो ट्रेन्डिङ
- ‘डोको बुन्ने’ मा झुम्यो नेपालगन्ज, ‘कुमारी’ प्रचार यात्रा भव्य रूपमा प्रारम्भ
- ‘ड्रेस टु इम्प्रेस’मा उत्कृष्ट ४ डिजाइनर सहित ७ विजेता घोषित
- अभिनेत्रीसँगै निर्मात्री बनेकी बेनिशाको ‘द ब्ल्यू लाइट’को ट्रेलरमा देखियो डर लाग्दा दृश्य
- ६ महिनामा ३९ अर्ब रुपैयाँभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता
- सिरहाको गोसाइ डाँडा ताल : पर्यापर्यटनको सङ्गम
सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की
काठमाडौँ,
प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र नभई सुशासनका लागि तीव्र गतिमा काम गर्ने सरकार भएको बताएका छन।
भ्रष्टाचारविरुद्धको २२औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले सुशासनको माग राखेर भएको जेनजी आन्दोलनको जगमा बनेको सरकार भएकाले आफूहरुले नियमित कार्यसँगै सुशासनका निमित्त तीव्र गतिमा काम गरिरहेको बताएका हुन ।
“जेनजीका माग र अपेक्षा बमोजिमका आशातित उपलब्धि हासिल हुन समय लाग्न सक्छ तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन । यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेका छन्”, प्रधानमन्त्री कार्कीले भने ।
उनले यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्वले प्रत्यक्ष वा परोक्ष रुपमा धम्क्याए पनि आफूहरु नडराउने बताए । सम्बन्धित निकायका पदाधिकारी र राष्ट्रसेवकहरुलाई पनि कति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न पनि प्रधानमन्त्रीले आग्रह गरे ।
Prev Post