सुचना, समाचार र मनोरन्जन

पोखरा १३ को निशुल्क आँखा शिविरमा ३ सय ५० जनाले लिए उपचार सेवा

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर १३ ले निशुल्क आँखा शिविरको आयोजना गरेको छ । बुधबार (आज) शहरी स्वास्थ्य केन्द्र पोखरा १३ कुँडहरमा आयोजना गरिएको आँखा शिविरमा वडाका ३ सय ५० जनाले उपचार सेवा लिएका छन् ।

पछिल्लो सय आँखा पाक्ने रोग फैलिएको छ । आँखाकै उपचारका लागि अस्पताल धाउनेहरुको संख्या बढ्दो छ । जसलाई मध्येनजर गर्दै पोखरा १३ ले वडा भित्र नै वडाबासीलाई आँखा पाक्ने रोगको निशुल्क उपचार सेवा प्रवाह गरेको वडाध्यक्ष किरण बरालले जानकारी गराए ।

‘पछिल्लो समय आँखा पाक्ने रोग देखिन थालेको छ । समयमा सबैले आँखाको परीक्षण गरेर आफ्नो दृष्टि पनि ख्याल गर्न उत्तिकै सचेत हुन जरूरी छ । यसै सन्दर्भमा पोखरा महानगरपालिका–१३ ले निःशुल्क आँखा शिविरको आयोजना गरेको हो ।’, उनले भने ।

sfal

उक्त शिविरबाट सेवाग्राही लाभन्वित भएको विश्वास वडाध्यक्ष बरालको छ । आगामी समयमा पनि वडाबासी नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै स्वास्थ्य शिविरको आयोजना गरिने उनले बताए ।

निशुल्क आँखा शिविरमा सेवा लिँदै सेवाग्राही

आँखाको उपचारका लागि मंहगो खर्चेर ठूला अस्पताल धाउनुपर्ने बाध्यतालाई वडाभित्रै शिविर सञ्चाल गर्दा केही हदसम्म चिर्न सहयोग मिलेको उनले उल्लेख गरे । स्वास्थ्य उपचारका शिविर वडामा सञ्चालन गर्दा विरामी अशक्त र वृद्धाहरुलाई विशेष फाइदा पुग्ने भनाई उनको छ ।

आँखा शरीरको महत्वपूर्ण अंग भएकोले यसको नियमित चेकजाँच र उपचार आवश्यक रहेको छ । शिविरमा मोतीबिन्दु, मासु पलाएको लगायत आँखासम्बन्धि सम्पूर्ण उपचारहरुको विषयमा निःशुल्क परामर्श प्रदान गरिएको थियो । आँखा पाक्ने रोगबाट सचेत रहन बरालको वडाबासीलाई आग्रह छ ।

आँखा शिविर मणिपाल शिक्षण अस्पताल फूलबारीको प्राविधिक सहयोगमा भएको हो ।

Leave A Reply

Your email address will not be published.