सुचना, समाचार र मनोरन्जन
IVF New Banner

पोखराको महेन्द्रपुलमा सार्वजनिक शौचालयसहित फल्चा र पार्क खुला, तस्वीरहरू

 

 

Safal

पोखरा : संविधान दिवसको विशेष अवसरमा पोखरा महानगरपालिकाले महेन्द्रपुल क्षेत्रमा निर्माण गरिएको ऐतिहासिक महत्त्वको ‘फल्चा’ तथा पार्क सर्वसाधारणका लागि खुला गरेको छ। महानगरपालिकाले आयोजना गरेको झण्डोत्तोलन कार्यक्रमपश्चात् पोखरा महानगरका प्रमुख धनराज आचार्यले फल्चा र पार्कको उद्घाटन गरे।

यस निर्माणसँगै महेन्द्रपुलमा पत्रिका कर्नर, संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रहरूको झण्डासहितको अन्तर्राष्ट्रिय झण्डा पार्क, अत्याधुनिक शौचालय, क्याफे, सुन्दर पार्क, र सांस्कृतिक महत्त्व राख्ने फल्चा निर्माण सम्पन्न भएको छ।

महानगर प्रमुख आचार्यले फल्चा र पार्कले महेन्द्रपुल क्षेत्रको सौन्दर्यलाई वृद्धि गर्नुका साथै पर्यटकीय आकर्षण थपिने विश्वास व्यक्त गरे। उनका अनुसार, यो विकासले सर्वसाधारणलाई पनि सहज बनाउने र सामाजिक र सांस्कृतिक सम्पदाहरूको संरक्षणमा योगदान पुर्‍याउनेछ।

IVF Post

वडा नं. ९ का अध्यक्ष दीपेन्द्र मरासैनी आफ्नो वडामा भएका अन्य विकास परियोजनाहरूको चर्चा गर्दै फल्चा निर्माणले स्थानीय समुदायको पहिचान र सांस्कृतिक धरोहरलाई सुदृढ पार्न महत्त्वपूर्ण भूमिका खेलेको बताए।

यसैगरी, वडा नं. १५ का अध्यक्ष तोरण बानियाँले स्थानीय जनताको आवश्यकताहरूलाई सम्बोधन गर्दै हरियालीयुक्त खुला स्थानको उपलब्धता यस परियोजनाको मुख्य उपलब्धि भएको बताए।

महानगरपालिकाको यो दीर्घकालीन विकास योजना अन्तर्गत सार्वजनिक स्थानहरूको संरक्षण, सौन्दर्यीकरण, र सर्वसाधारणको सहजतामा केन्द्रित रहेका यस्ता परियोजनाहरूले पोखराको पहिचानलाई थप उजागर गर्न मद्दत गर्नेछ।

Click : Santosh khanal l pokhara

Leave A Reply

Your email address will not be published.