सुचना, समाचार र मनोरन्जन

पोखरा विमानस्थल आसपास क्षेत्रमा चङ्‍गा, ड्रोन र बेलुन उडाए कारवाही हुने

पोखरा,

पोखरामा भएका नयाँ विमानस्थलको उडान क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडाउने, लेजर लाईटको प्रयोग भएको तथा जथाभावी फोहोर गरेको पाइएकोले विमानस्थलले ध्यानाकर्षण गराएको छ । विमानस्थल आसपासको क्षेत्रमा प्रयोग हुने यस्ता सामाग्रीले विमानको उडान सुरक्षामा गम्भीर असर परेको भन्दै यस्ता प्रकारका गतिविधि नगर्न नगराउन कार्यालले सुचना प्रकाशन गरेर सचेत गराएको हो ।

विमानस्थल आसपासको क्षेत्रमा जथाभावी फोहोरमैला फ्याक्ने तथा नहरमा मृत जीवजन्तु बगाउने जस्ता क्रियाकलापले चराचुरुङ्गी तथा बन्यजन्तुको गतिविधि बढ्न गई वायुयानको उडान अवतरणमा असर पुर्याइरहेको हुँदा फोहोर मैलाको उचित व्यवस्थापन गरी सुरक्षित हवाई सेवा सञ्चालनका लागि सहयोग गर्न सम्बन्धित सबैमा अनुरोध छ, सुचनामा उल्लेख गरिएको छ ।

सुचनाको अवज्ञा वा अटेर गरी चंगा, ड्रोन, बेलुन उडाउने, लेजर लाईटको प्रयोग गर्ने तथा मृत बन्यजन्तु बगाएको पाईएमा कानुन अनुसार कडा कारबाही गर्ने विमानस्थल कार्यालयले चेतावनी समेत दिएको छ ।

Leave A Reply

Your email address will not be published.