पोखरा,
पोखरा इलेक्ट्रिक क्लबले आफ्नो पहिलो कार्यालयको समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ। ऐतिहासिक कार्य क्लबका वर्तमान अध्यक्ष अमृत पोखरेलको नेतृत्वले गरेको अथक परिश्रम, प्रतिबद्धता र दूरदर्शिताको प्रतिफल हो ।
समारोहको प्रमुख उद्घाटन वार्ड नं. ८ का अध्यक्ष रुद्र बरालले गरेका थिए । साथै, पोखरा उद्योग वाणिज्य संघ (PCCI) का अध्यक्ष गोकर्ण कार्की विशेष आतिथ्यका रूपमा कार्यक्रममा सहभागी थिए ।

उद्घाटन कार्यक्रम पोखरा–८, न्युरोडस्थित क्लबको नयाँ कार्यालय भवनमा आयोजना भएको थियो। यस कार्यालयको स्थापना क्लबको संस्थागत विकास, सदस्यहरूको सशक्त प्रतिनिधित्व, र व्यवसायिक समृद्धिको दिशामा एक महत्वपूर्ण कदम मानिएको छ।
क्लबका अध्यक्ष अमृत पोखरेलको नेतृत्वमा सम्पूर्ण इलेक्ट्रिक व्यवसायीहरूको हकहितका लागि संगठित र प्रभावशाली पहलहरू सुरु गरिएको छ। उनको सक्रिय र दूरदर्शी नेतृत्वलाई क्लबका सदस्यहरू, स्थानीय समुदाय तथा व्यवसायिक वृत्तबाट उच्च मुल्यांकन गरिएको छ।

कार्यक्रममा बोल्दै पत्रकार कमल अथकले पनि आफ्नो मन्तव्य राख्दै क्लबको भावी कार्यकाल सफल र प्रभावशाली रहोस् भन्ने शुभकामना व्यक्त उरे ।
घरबेटी विष्णु बास्तोलाले पनि सराहनीय भूमिका निर्वाह गरेको भन्दै क्लबले धन्यवाद व्यक्त गरेको छ । आफू पनि सोही व्यवसायसँग सम्बन्धित भएको कारण, उनले क्लबलाई प्रोत्साहनस्वरूप आवासीय कोठा निःशुल्क रूपमा उपलब्ध गराएका थिए । उनको यो योगदान संस्था अगाडि बढाउन प्रेरणाको स्रोत बनेको र जुन प्रशंसनीय र उदाहरणीय कार्य मानिएको छ।

यो कार्यालय पोखरामा पहिलो पटक स्थापना गरिएको इलेक्ट्रिक क्लबको आधिकारिक कार्यस्थल हो, जसले भविष्यमा व्यवसायिक समृद्धि, पारदर्शिता र एकताको नमूना स्थापित गर्नेमा विश्वास गरिएको छ।