सुचना, समाचार र मनोरन्जन

तमु कलाकार कल्याणकारी कोष सञ्चालन समिति गठन, संयोजकमा हुमबहादुर गुरुङ

पोखरा,

तमु (गुरुङ) कलाकार संघ गण्डकी प्रदेश समितिले कलाकारहरूको हित, सहयोग तथा कल्याणका लागि स्थापना गरिएको “तमु कलाकार कल्याणकारी कोष” सञ्चालनका लागि नयाँ समिति गठन गरेको छ।

संघले मिति २०८२ फागुन ८ गते आयोजना गरेको “धनबहादुर गुरुङ सांगीतिक साँझ” बाट संकलित रकमलाई उद्देश्यअनुसार व्यवस्थित रूपमा परिचालन गर्न “तमु (गुरुङ) कलाकार कल्याणकारी कोष नियमावली २०८३” निर्माण गरी कोष सञ्चालन समिति गठन गरेको जनाएको छ।

नवगठित समितिको संयोजकमा संघका सल्लाहकार प्रमुख हुमबहादुर गुरुङ चयन भएका छन्। समितिको सदस्य सचिवमा शंकर बिरही गुरुङ रहेका छन् भने सदस्यहरूमा शेरबहादुर गुरुङ (एस.के.), दुर्गा मिलन गुरुङ (हङकङ), शान्ती गुरुङ, दिलु गुरुङ र गौरी गुरुङ रहेका छन्।

संघका अध्यक्ष बिक्रम गुरुङ ले नवगठित समितिका पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै कलाकारहरूको हकहित, आपसी सहयोग तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा कोषले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।
तमु (गुरुङ) कलाकार संघ गण्डकी प्रदेश समितिले कलाकारहरूको सुख-दुःखमा साथ दिने, आपतकालीन सहयोग उपलब्ध गराउने तथा कला-संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले कल्याणकारी कोष स्थापना गरेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.