पोखरा ।
नेपाल पर्यटन वोर्डले पोखरा पर्यटन परिषदलाई सम्मान गरेको छ । वोर्डको २५ औं वार्षिक साधारण सभाको अवसरमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ र माउण्ट कैलाश रिसोर्टका संचालक नरेश भट्टराईलाई सम्मानसहितको प्रसंसा पत्र प्रदान गरेका हुन् ।
पर्यटन परिषदले पर्यटन वोर्डको प्रर्वद्धनात्मक कार्यमा सहयोग, सहकार्य र साझेदारी गरेको भन्दै सम्मान गरेको हो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले सम्मानले परिषदलाई अझै काम गर्ने हौसला बढाएको जानकारी दिएका छन् ।
पोखरा पर्यटन परिषद पोखरेली पर्यटन व्यवसायीको छाता संस्था भएकाले परिषदको सम्मान सबै पोखरेली पर्यटकीय संस्था र पर्यटन व्यवसायीकै सम्मान भएको आफूले महसुस् गरेको उनले बताए ।
यसैगरी पर्यटन वोर्डले पोखराको माउण्ड कैलाश रिसोर्टलाई पनि सम्मान गरेको छ । स्तरीय सेवा दिएर पर्यटन प्रर्वद्धनमा सहयोग, सहकार्य र साझेदारी गरेको भन्दै होटल माउण्ट कैलाशलाई पनि सम्मान गरिएको हो । सम्मानबाट हौसला मिलेको भट्टराईले उल्लेख गरे ।