सुचना, समाचार र मनोरन्जन

पोखरा पर्यटनको राजधानी भनेर सरकारले निर्णय गरेको छैन : मन्त्री गुरुङ

पोखरा/

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न नेपाल सरकारले निर्णय नगरेको बताएका छन् । पोखरामा भएको लिटरेचर फेस्टिभलमा बोल्दै उनले हल्लैहल्लाले पोखरालाई पर्यटनको राजधानी भनिएको प्रतिक्रिया दिएका हुन् ।

‘पोखरा टुरिजम क्यापिटल अफ नेपाल भनेको छ । आजसम्म नेपाल सरकारले निर्णय गरेको छैन,’ उनले भने, ‘हल्लैहल्लाको देश भनेर पढेकै हो । यो पनि सरकारको क्याबिनेटले गर्नुपर्‍यो नि ।’ आधिकारिक निर्णयका लागि एकजुट भएर लाग्नुपर्ने उनको भनाई छ ।

‘क्याबिनेटले आधिकारिक निर्णय गर्नुपर्छ । त्यो काममा हामी सबै लाग्नुपर्छ,’ उनी भन्छन्, ‘जे होस् हामी सबैले मानेकै छौँ । यस्ता धेरै चिजहरूको यहाँ छलफल होस् ।’

गत वर्ष चैत ३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहका बिच पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका थिए । त्यसको आयोजक गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका थिए ।

Leave A Reply

Your email address will not be published.