Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘पेन्सन पट्टा’ ट्रेलर : बाबुको पेन्सनपट्टामा भेटिएको रहस्य, जेठी आमाको खोजीमा अर्को गाउँ पसे दयाहाङ
- ‘चोर बिरालो पल्क्यो’की गायिका श्रीदेवी र दयालुको ‘छोडेन कामैले’लाई दर्शकको साथ,कट्यो मिलियन भ्युज
- निखिलको दमदार एक्सनले भरिएको ‘आचार्य’को टिजरको चर्चा
- बराहक्षेत्रमा अन्तिम दृश्य खिच्दै ३५ दिनमा सुटिङ सकियो ‘तिरिमिरी झ्याइँ’को
- गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसललाई वडा १२ ले सघाउने
- सुटिङ चल्दा चल्दै ६ देशमा विक्री भयो पल शाहको ‘यानीमाया’
- फिल्म ‘पार्वती’ : अटिजमको कथा बोकेर फरकपन दिन खोजेको दाबी
- ६० वर्षमाथिका दर्शकलाई ‘गौँथली’ पैसा नलाग्ने,फिल्मले कटायो २५ करोड कलेक्सन
- पोखरा–दुबई उडान दिगा बनाउन पर्यटन व्यवसायीको अग्रसरता
- बुधबार मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा
पोखरा सभागृह पुनर्निर्माण गरिने
गण्डकी,
पोखरा सभागृहलाई पुनर्निर्माण गर्दै सुविधासम्पन्न बनाइने भएको छ ।
करिव ४२ वर्षअघि निर्माण भएको सभागृह हाल जीर्ण अवस्थामा पुगेकामा पोखरा महानगरपालिका र नगर विकास कोषको साझेदारीमा यसको यसको पुनर्निर्माण गर्ने सहमति भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो ।
पुनर्निर्माणका लागि ‘डिजाइन’ तयार भइसकेको उहाँले जानकारी दिनुुभयो । “कुल करिब रु २९ करोड लागतमा सञ्चालन हुने यस योजनाअन्तर्गत हालको सभागृहको उत्तरतर्फ दुईपाङ्ग्र्रे सवारीसाधनका लागि पार्किङ, दक्षिणतर्फ शौचालय, हालको बगैँचाको स्थानमा ‘अन्डरग्राउन्ड पार्किङ’ तथा प्रदर्शनीकक्ष निर्माण गरिनेछ,” उहाँले भन्नुुभयो, “दक्षिण–पूर्व भागमा सानो हल र किचेन निर्माण गरिनेछ भने न्युरोडतर्फ भित्र र बाहिर दुवैतर्फबाट प्रयोग गर्न मिल्ने चमेनागृह निर्माण गरिनेछ ।”
पुनर्निर्माणपश्चात् सभागृहमा कार्यक्रमका लागि ‘ब्यानर’ टाँस्न नपर्ने गरी ‘डिजिटल लिड स्क्रिन’ लगायतको व्यवस्था हुने उल्लेख गर्दैै उहाँले यसलाई सुविधासम्पन्न बनाउने योजना रहेको बताउनुुभयो ।
पुनर्निर्माण सम्पन्न भएसँगै विभिन्न सङ्घसंस्था तथा सेवाग्राहीलाई उचित शुल्कमा सुविधासम्पन्न सभा हल उपलब्ध गराउने लक्ष्य राखेको महानगरपालिकाले सभागृहबाट प्राप्त आम्दानीमार्फत यसको सञ्चालन खर्च तथा लगानी व्यवस्थापन गर्ने योजना राखेको छ ।