सुचना, समाचार र मनोरन्जन

कोमागाने पार्क स्ट्रिट फेस्टिभलमा २७ वर्षछि एक्स नपथ्यका गायक गौतम गुरुङ र रबिन श्रेष्ठ एकसाथ

पोखरा,

डिसेम्बर २८ देखि जनवरी १ सम्म लेकसाईडको कोमागामे पार्कमा हुन लागेको २७ औँ पोखरा स्ट्रिट फेस्टिभलमा  एक्स नेपथ्यका गायक गौतम गुरुङ र गायक रबिन श्रेष्ठ लामो समयपछि पोखरामा एउटै मञ्चमा देखिने भएका छन्। नेपाली संगीतको इतिहासमा छुट्टै पहिचान बनाएका दुई दिग्गज गायक २७ वर्षपछि पोखरामा  एकसाथ देखिन लागेका हुन ।

नेपथ्य’लाई आफ्नो समयमै फरक स्वाद र पहिचान दिन योगदान पुर्‍याएका यी दुई स्रष्टाको पोखराकै मञ्चबाट पुनरागमन हुन लागेको आयोजकले जनाएको छ। २७औँ पोखरा स्ट्रिट फेस्टिभल अन्तर्गत कोमागाने पार्क, लेकसाइड पोखराको मेन स्टेजमा उनीहरूको विशेष प्रस्तुति रहनेछ। यो कार्यक्रमलाई पश्चिमको संगीत–आवाजले फेरि नयाँ अस्तित्व र ऊर्जा दिन लागेको भन्दै संगीतप्रेमीहरू उत्साहित छन्।

गौतम गुरुङका ‘जोमसोमै बजार’ गण्डकीको तिरमा जस्ता सदाबहार हिट सिर्जनाहरू र रबिन श्रेष्ठको आवाजमा अमर बनेको ‘छेक्यौ देउराली डाँडा’ ‘आगनै भरी’ नेपाली संगीतका कालजयी धुनहरूमा पर्छन्। समय बिते पनि यी गीतहरू आज पनि गाउँ–शहर, यात्राको बाटो अनि मान्छेको मनमा उस्तै लोकप्रिय छन्।

आयोजकका अनुसार यो प्रस्तुति केवल एक कन्सर्ट मात्र होइन—नेपाली संगीतको भावनात्मक पुनर्मिलन, स्मृतिको पुनर्जीवन र इतिहासको पुनर्लेखन पनि हुनेछ। “२७ वर्षपछि फेरि इतिहास कोर्न” आउने उनीहरूको आगमनले कोमागाने पार्क स्ट्रिट फेस्टिभलको मैदानलाई संगीत–उत्सवको केन्द्र बनाउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.