सुचना, समाचार र मनोरन्जन

एमालेमा नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

काठमाडौँ,

नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । मतदान बिहान ८ बजेदेखि सुरु हुने बताइए पनि केही ढिलाइ भएको छ ।

यसअघि मङ्गलवार नै मतदान गर्ने कार्यतालिका रहे पनि प्राविधिक समस्याका कारण आज मात्र मतदान हुन लागेको हो । मङ्गलवार साँझ मतदाताहरू मतदान हुने आशामा लाइनमै बसे पनि राति ८ बजे भोलि मतदान हुने भन्दै फर्काइएको थियो ।

निर्वाचन आयोगले तयार पारेको उम्मेदवार नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित रूपमा प्रयोग हुँदा समस्या देखिएपछि उक्त समस्या समाधान गरेर आज मतदान हुन लागेको हो ।

Leave A Reply

Your email address will not be published.