काठमाडौं :
अघिल्ला वर्ष अभिनेत्री पूजा शर्मालाई खासै फापेन। उनी अभिनित फिल्म ‘दान्भी’ होस या ‘रावायण’। दुवै फिल्मले पूजालाई डुबायो। यस वर्ष भने पूजाका हातमा भटाभट फिल्म आउन थालेका छन्। उनलाई फिल्म ‘दान्भी’कै निर्देशक रुपेश तामाङले नयाँ फिल्ममा अनुबन्ध गरेका छन्।
यो फिल्म आउनु अघि अभिनेत्री तथा निर्मात्री रेखा थापाको नयाँ फिल्म ‘छत्तिस आँकडा’मा काम गर्ने पक्का भइसकेको छ। रेखा र पूजा मिलेर नयाँ फिल्ममा काम गर्न लागेका हुन्। त्यसै गरि पूजा आफैले पनि फिल्मको स्क्रिप्ट शिवम अधिकारीलाई लेख्न लगाइरहेकी छन्। जुन फिल्म केहि महिनामा नै छायांकनमा निस्किने तयारी पूजाको छ।
अघिल्लो फिल्मको कमीकमजोरी सुधार्दै दोस्रो फिल्म निर्माणमा लागेको बुझिएको छ। बैशाख १७ गते अभिनेत्री शर्मा को जन्मदिनमा नै उनलाई फिल्मका लागि फाइनल गरिएको थियो। तर अहिलेसम्म यो खबर बाहिरिएको थिएन।
अघिल्ला फिल्मका अभिनेता किरण श्रेष्ठ,कुन्साङ दोहोरिने या नदोहोरिने यस बारेमा भने कुनै जानकारी छैन। तर रुपेश भने फिल्मका लागि कलाकार जुटाइरहेका छन्।एक्सन जनराकै फिल्म निर्माणमा जुटेका रुपेशले चलेकै कलाकार लिने बुझिएको छ। केहि दिनमै फिल्मको नामसहति चलचित्र विकास बोर्डमा दर्ता गरिएको थियो। फिल्ममा नाम भने निर्माण पक्षले खुलाएका छैनन्।