सुचना, समाचार र मनोरन्जन

पूजा शर्माका लागि ‘दान्भी’ कति चुनौती ?

काठमाडौं :

अभिनेत्री पूजा शर्माले हलमा दर्शक तान्न सक्ने सामाथ्र्य राख्छिन्। उनी आफ्नो फिल्म रिलिजका समयमा आफ्ना दर्शकहरुलाई हलमा कसरी तान्नुपर्छ भन्ने राम्रो ज्ञान छ। त्यहीँ भएर आगामी प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दान्भी’को उनी प्रचारप्रसारमा खटिएकी छन्।

Pach Pandav

गत फागुन २५ गते फिल्म ‘उपहार’को प्रचारप्रसार सकिए लगत्तै उनी ‘दान्भी’मा जुटेकी हुन्। आगामी जेठको १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दान्भी’को हाल धमाधम गीत र एक्सनको दृश्यको छायांकन भइरहेको निर्माण पक्षले जानकारी दिदै आएको छ।

एक्सन जनरामा पहिलो पटक अभिनय गरेकी शर्माका लागि यो फिल्म चुनौती पनि उतिकै थपिएको छ। लभ स्टोरीमा जमेकी अभिनेत्रीलाई एक्सनमा दर्शकले कसरी रुचाउँलान भन्ने कुरा हो। उनी आफ्नो चुनौतीलाई सामाना गर्ने तयारीमा छिन्।

अभिनेत्री शर्माका अलवा अभिनेत्री कुन्साङ बोमजोम र कलाकर किरण श्रेष्ठको मुख्य भूमिका छ। रुपेश तामाङको निर्देशनमा बनिरहेको यो फिल्मका लगानीकर्ता देव मगर र अनुप गडाल हुन्। त्यस्तै पवन राना मगर फिल्मका कार्यकारी निर्माता रहेका छन्।

Leave A Reply

Your email address will not be published.