सुचना, समाचार र मनोरन्जन

पूजा र पल अभिनित ‘रावायण’को ट्रेलर युटुबको शिर्षस्थानमा

काठमाडौं :

यही भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’को ट्रेलर रिलिज भएको २४ घण्टा नपुग्दै ट्रेण्डिङमा आएको छ। बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्म युनिट, पत्रकार तथा सञ्चारकर्मीको उपस्थितिमा रिलिज गरिएको ट्रेलर ट्रेण्डिङ १ मा आएको हो।

एक्सनपूर्ण ट्रेलरमा प्रेम र द्वन्द्वको कथालाई चित्रण गरिएको छ। ट्रेलरमा नायिका पुजा शर्मालाई पत्रकारको भूमिकामा देखाइएको छ। फिल्ममा नायक पल शाहले दोहोरो भूमिका निभाएका छन्। ट्रेलरको अन्तिम दृश्यमा दुई पलको द्वन्द्वलाई देखाइएको छ । दुई पात्रको द्वन्द्व पुजाकै कारण हुने भन्ने प्रष्ट देखाइएको छ।

Chaka Panja

रिलिज भएको अठार घण्टामा ९ लाख ५१ हजारभन्दा बढि भ्युअर्स भइसकेको छ भने ४४ सय भन्दा बढिले कमेन्ट गरेका छन्। अधिकांशले फिल्मको ट्रेलरलाई सकरात्मक प्रतिक्रिया दिएका छन्। यस फिल्मका कथाकार, निर्माता र निर्देशक सुदर्शन थापा रहेका छन्। उनले फिल्मको नाम झट्ट सुन्दा धार्मिक लागे पनि फिल्म त्यस्तो नभएको खुलाए । ‘यो धार्मिक रावायणसँग सम्बन्धित छैन । रामायाणमा रामलाई प्राथमिकता दिइएको थियो । हाम्रो रावायणमा रावणलाई प्राथमिकता दिएका छौं’, उनले भने, ‘रावणलाई प्राथमिकता दिँदा फिल्म फरक स्वादको बन्छ भन्ने लागेर हामीले त्यस्तै कथामा फिल्म बनाएका छौं। टिजर, गीत, फस्टलुकले हाम्रो जुन हाइप बनाएको छ, त्यो हाइप ट्रेलरले बनाउनेमा ढुक्का छौं ।’

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पुजा शर्मा हुन्। फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन्। फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।

फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, रेवन आरती सिंहको ओरिजिनल ब्याकग्राउण्ड स्कोर, उमेश चौधरीको आर्ट डिरेक्सन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन छ । फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।

Leave A Reply

Your email address will not be published.