सुचना, समाचार र मनोरन्जन

इन्द्रेणी केन्द्रद्वारा भानुभक्त अधिकारीलाई विजयी गराउन अपिल

पोखरा,
पोखरा-१ पुरानो टुँडिखेलस्थित इन्द्रेणी एकीकृत विकास केन्द्रले पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा खुला सदस्य पदका उम्मेदवार भानुभक्त अधिकारीलाई विजयी गराउन अपिल गरेको छ।
यही भदौ २० र २१ गते हुने महाधिवेशनमा अधिकारीले खुला सदस्य पदमा क्रम संख्या ८ बाट उम्मेदवारी दिनुभएको हो। पोखरा–१ हरिचोकस्थित अस्ताम अधिकारी गिफ्ट एन्ड किचनका सञ्चालकसमेत रहनुभएका अधिकारी व्यवसायसँगै विभिन्न सामाजिक संघ–संस्थामा सक्रिय हुनुहुन्छ।

व्यवसायीका समस्या, चुनौती र आवश्यकतालाई नजिकबाट बुझ्नुभएका अनुभवी व्यवसायी तथा सामाजिक व्यक्तित्वका रूपमा परिचित अधिकारीलाई निर्वाचित गराउन केन्द्रले अपिल गरेको हो। सामाजिक सेवा, व्यवसाय तथा विभिन्न संघ–संस्थामार्फत उहाँले पुर्‍याउँदै आएको योगदानलाई आधार बनाउँदै व्यवसायीको हकहितका पक्षमा प्रभावकारी आवाज उठाउन सक्ने सक्षम र इमानदार नेतृत्व आवश्यक रहेको केन्द्रको भनाइ छ।

उम्मेदवार अधिकारीले व्यवसायीका समस्या र आवश्यकतालाई संघमार्फत सम्बन्धित निकायसम्म पुर्‍याउने, व्यवसायमैत्री वातावरण निर्माणका लागि पहल गर्ने तथा पोखराको आर्थिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

इन्द्रेणी एकीकृत विकास केन्द्रले व्यवसायी, उद्योगी तथा शुभेच्छुकहरूलाई अधिकारीको पक्षमा साथ, सहयोग र समर्थन जनाउँदै क्रम संख्या ८ मा मतदान गरी विजयी गराउन आग्रह गरेको छ।

महाधिवेशनबाट पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व तथा कार्यसमिति चयन हुँदैछ।

Leave A Reply

Your email address will not be published.