सुचना, समाचार र मनोरन्जन

शोभितको ‘पिआर’ २८दिनमा प्याकअप

काठमाडौं :

निर्देशक शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘पीआर’को २८ दिनमा प्याकअप भएको छ। निर्माण टिमले सुटिङ थालेको २८ दिनमा छायांकन सकेको हो।

निर्देशक बस्नेतका अनुसार अष्ट्रेलियामा १८ दिन र नेपालमा १० दिनको सेड्युलमा फिल्मको छायांकन सकिएको बताए। उनले अष्ट्रेलियापछि दोस्रो सेडयुलका रुपमा कास्कीको धम्पुसबाट छायांकन थालेका थिए।

सलोन सलिना फिल्मसको व्यानरमा छायांकन भएको यस फिल्मले विदेशमा रहेका नेपालीहरुको पिआरको लागि गरेको संघर्ष र नेपालबाट अभिभावकहरुको आसा र भरोसा आफ्नो सन्तानमाथी राख्छन्। तर विदेशमा आफ्नो सन्तानलाई कति कष्ट छ भन्ने कथालाई भन्नेछ। रन्जित शाह आर एफ एम फ्यास्लिटी म्यानेजमेन्ट र लेन वे डम्प्लिङको प्रस्तुतीमा निर्माण भएको हो।

यस फिल्ममा नीर शाह,गौरी मल्ल,रबिन्द्र खड्का,उत्तम केसी,आर ए सुरज पौडेल, राजन कुँवर,विनिता कार्की,पुजा चौधरी बिमला खत्री आस्मा अधिकारी, कुशल थापा,गणेश बुढाथोकी कृष्ण थापा,म्याक्स र नवीन घायल लगायतका कलाकारहरुको अभिनय रहेको छ। यस फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल,इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा र रन्जित शाहले यस सिनेमा लगानी गरेका छन्।

मानस राज र भिम बिसीको संगीत,रामजी लामिछानेको नृत्य निर्देशन रहेको यस फिल्ममा निर्देशक बस्नेतकै कथा, गणेश बुढाथोकीको पटकथा र संवाद रहेको छ। त्यसै गरि सिनेमामा सौरभ मानन्धर (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल) छायांकन र बन्दे प्रसादको सम्पादन,मुख्य साहायक निर्देशकमा रामजी राउत गणेश बुढाथोकी मणि तामाङ भने केवल मान सिंह बस्नेतको निर्माण व्यवस्थापक रहने छ।

Leave A Reply

Your email address will not be published.