सुचना, समाचार र मनोरन्जन

गीतकार खतिवडाको शब्दमा प्रविणले गाए ‘मौनतामा पुरुष पनि कति रोएका होलान्’

काठमाडौं :

हाम्रो समाजमा पुरूषका पीडाहरू प्राय बाहिर आउदैनन्। उनीहरूमा पनि पीडा हुन्छन् तर प्रायले लुकाउछन्, बाहिर ल्याउदैनन्, भित्रभित्रै गुम्स्याएर राख्छन् । नेपाली समाजमा एउटा ‘छोरा मान्छे भएर रूनु हुदैन’ भन्ने सोच छ। साच्चै भन्नुपर्दा छोरा मान्छे रुने भनेकै एकान्तमा स्थानमा बन्न पुगेको अवस्था छ । यस बिषयमा गीतकार नारायण खतिवडाको ‘मौनतामा पुरुष पनि’ गीतले गहिरो सन्देश दिएको छ। पुरूषले आँसु झार्ने ठाउसम्म हुँदैन, तर आँसु त झरिरहेको हुन्छ ‘कि त मनभित्र कित एकान्तमा !’

‘मौनतामा पुरुष पनि’ गीतमा समाजमा बढदै गएको देखासिकी, प्रविधिको सही सदुपयोग नहुनु र एकाङ्गी सोचले बनेका कतिपय कानूनले गर्दा पनि यस्तो अवस्था बढ्दै गएको विभिन्न तथ्यहरूलाई प्रस्तुत गरिएको छ । आजभोली धेरै पुरुषहरू पीडित हुँदै गएको अवस्था छ । यस्तो अवस्था भूषको आगो झै समाजमा भित्रभित्रै सल्कदै गएको छ । यस्तो अवस्थालाई समयमै सम्बोधन गरिएन भने कुनै दिन बोस्फोट हुने खतरा पनि बढ्दै गएको छ।

गीतकार नारायण खतिवडाको शब्द, शिलाबहादुर मोक्तानको सङ्गीत तथा प्रवीण भेडवालको स्वर रहेको ‘मौनतामा पुरूष पनि कति रोएका होलान्’ गीत अन्तरास्ट्रिय डिजिट्ल प्लेट्फर्ममा नमस्ते नेपाल डिजिट्ल स्टूडियोबाट भिडियो सार्वजनिक गरिएको छ। उक्त गीतको मिक्सिङ्ग तथा मास्टरिङ क्रमशः मनोज सामसोङ राई तथा सुरेश राईले गरेका हुन् । सो गीत स्टूडियो किङ्गमा रेकर्ड गरिएको हो।

पुरुषहरुको आवाज सुन्ने र राख्ने सम्बन्धमा स्पष्ट निकाय तोकिएको छैन। प्रहरी तथा अन्य निकायमा महिला, बालबालिका तथा ज्येठ नागरिक हेर्ने छुटै निकाय छन् । तर पुरुषका लागि भनेर नतोकिएका हुँदा पुरूषहरू प्राय जानै चाहदैनन्। पुरूषहरू प्रताडित भएका धेरै घटनाहरू छन् त्यसको कारणमा बिषयवस्तुलाई हल्का रूपमा लिईनु, असमानयुक्त कानूनी प्रावधान तथा सस्थागत सयन्त्रको अभाव हुन् यसतर्फ कानून निर्माता तथा कार्यान्वयन निकाय र कानूनी उपचारको प्रावधानमा सुधार र परिमार्जन आवश्यक देखिन्छ।

गीतमा भनिए झै कानूनको पालना हुदैमा सधै न्याय हुन्छ भन्ने निश्चित पनि हुदैन। वास्तबमा गीतले भनेजस्तै आजभोली कतिपय ब्यक्तिले कानूनको दुरूप्रयोग गरी स्वार्थ पूरा गर्नेतर्फ बढ्दै गएको अवस्था रहेको हुँदा कानूनहरूको समीक्षा गर्नुपर्ने बेला आएको छ, गीतले प्रष्ट पारेको छ।

गीतको भिडियोमा शोभा खडका, महेश्वर खतिवडा, सन्तोष धिमाल, गणेशकुमार ढकालको अभिनय रहेको छ। गीतको निर्देशन खतिवडा आफैले गरेका हुन् भने सम्पादन बिकाश धमलाको रहेको छ । भिडियोको कन्सेप्ट भने जगन्नाथ खतिवडाको रहेको छ। गीतकार खतिवडाका यस भन्दा अगाडि पनि थुप्रै गीतहरू र पुस्तक समेत सार्वजनिक भएका छन्।

Leave A Reply

Your email address will not be published.