काठमाडौँ,
नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले सुनसरीको कप्तानगञ्जमा भएको प्रकरणमा छानबिनको माग गरेका छन् । प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले यस्तो माग गरेका हुन् ।
‘त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन भन्ने विषयमा अध्ययन गरी वास्तविकता बाहिर ल्याउन विशेष अपिल गर्न चाहन्छु,’ उनले भने । प्रचण्डले सबैलाई सद्भाव कायम राख्ने सन्दर्भमा सरकारलाई विशेष ध्यान दिन आग्रह समेत गरे ।
उनले यो घटनापछि सर्वदलीय बैठक राखेकोमा धन्यवाद दिँदै प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थिति चिन्ताको विषय भएको बताए ।