सुचना, समाचार र मनोरन्जन

प्रदीप खड्का अभिनीत ‘प्रकाश’ तिहार छेकोमा युट्युबमा सार्वजनिक

काठमाडौं :

अभिनेता प्रदीप खड्का अभिनीत चर्चित फिल्म ‘प्रकाश’ तिहारको अवसर पारेर युट्युबमा रिलिज गरिएको छ। फिल्म ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

दिनेश राउतको निर्देशनमा बनेको फिल्मले एक ग्रामीण युवाको शिक्षक बन्ने संघर्ष र जीवनयात्रालाई यथार्थपरक ढङ्गले प्रस्तुत गर्छ। जुम्लामा छायांकन गरिएको यो फिल्मले घरेलु बक्सअफिसमा राम्रो सफलता हासिल गरेको थियो र समीक्षकबाट पनि सकारात्मक प्रतिक्रिया पाएको थियो।

फिल्ममा प्रदीप खड्काका साथमा दीया मास्के, रेणु योगी, प्रकाश घिमिरे, राजन खतिवडालगायत कलाकारको अभिनय रहेको छ। फिल्मको पटकथा विकास सुवेदीले लेखेका हुन् भने महेन्द्र अधिकारी फिल्मका निर्माता हुन्। ‘प्रकाश’ लाई नेपाली समाजमा शिक्षा र अवसरबीचको दूरी देखाउने संवेदनशील कथाका रूपमा दर्शकले मन पराएका थिए।

Leave A Reply

Your email address will not be published.