सुचना, समाचार र मनोरन्जन

नशाको लतबाट फर्किएका प्रदीप : व्यवसायिक, सामाजिक र राजनीतिमा सक्रिय

प्रदीपका अनुसार सुधार केन्द्रहरु सरकारबाट नै संचालन हुनुपर्छ । लागु औषध सम्बन्धि जनचेतनाका लागि हर नागरिकले निशुल्क सेवा लिन पाउनुपर्ने धारणा उनको छ । रियाब सेन्टरहरुले सरकारलाई सहयोग गरिरहेका उनले बताए ।

सन्तोष बस्याल,पोखरा ।

लागु औषध जस्तो दुव्र्यसनीमा जानेर नजानेर मान्छे फस्ने गरेका छन् । फसेका अधिकांशको अकालमा नै ज्यान गएको घटना पनि नभएको होइन । जसले गर्दा परिवारले उत्तिकै दुख पाएको छ । तर समाजमा केही यस्ता व्यक्ति पनि छन् जसले लागुऔषधलाई चटक्क छाडेर पुर्नस्थापित भएका छन् । यस्तैमा एक हुन् प्रदीप बस्नेत ।

२०५० सालको कुरा हो । जतिबेला प्रदीप दुव्र्यसनीमा फसे । पोखरा ९ का स्थायी बासी प्रदीपको साथी संगत त्यस्तै भएर होला कक्षा ९ देखि नै चुरोट तान्न सिकिसकेका थिए । उत्ताउलो परिवेशले उनलाई दुव्र्यसनीमा धकल्यो । त्यस्तै वातावरणमा रम्न थाले । शरीरका नसानसामा लागु औषधको लत बस्न थाल्यो । चुरोटबाट गाँजा, अल्कोहल र ट्याब्लेटसम्मको प्रयोग गर्न थाले । कलिलै उमेरमा लागुऔषध प्रदीप परेपछि उनको परिवारमा चिन्ता बढ्न थाल्यो ।

प्रदीप त्यस्तो समयमा लागुऔषध दुव्र्यसनीमा फेस जतिबेला पुनस्र्थापना गर्ने संस्थाहरु थिएनन् । ट्याब्लेट, ब्राउन सुगरको प्रयोगलेसम्म उनको नसा सम्बन्धि मातलाई चढाउन नसकेपछि प्रदीपको रोजाई सिरिन्ज बन्न थाल्यो । नसालाई नै प्रदीपले सर्वोप्रिय मान्न थाले । जीवनमा अन्य कुनै राग रहेन । लागुऔषधको खोजीमा उनी महिनौसम्म भारतमा बसेका छन् ।

एक्लो छोरो नशामा लागेपछि समाजले परिवारलाई हेर्ने दृष्टिकोण समेत फरक थियो त्यतिबेला । छिछिदुरदुरको अवस्थामा पुगेका थिए प्रदीप । समाजलाई व्यवस्था गर्ने, आफ्नो जिम्मेबारीबाट टाढा भाग्ने, शिक्षा पूर्णरुपमा नलिएको विषय उनको जीवनसँग जोडिएको थियो । जसको सबै कारण नशा थियो । समाजमा उनलाई हेर्ने दृष्टिकोण फरक थियो । प्रदीप भनेपछि गुण्डाको संज्ञा दिने गरिन्थ्यो । ड्रग खान्छ, यो सँग बोल्न हुन्न भन्ने थियो । कोहि अगाडि देखिए पनि तर्केर हिड्ने खालको वातावरण थियो । तर उनलाई त्यसको कुनै असर हुन्नथ्यो । ध्यान जति नशामा भएका कारणले होला उनलाई दायाँबायाँ अरु कुनै विषय नजर आउदैन्थ्यो ।

विस्तारै उनलाई सकरात्मक सोच राखेका साथीहरुको संगत मिल्यो । जसले उनलाई पुर्नस्थापन केन्द्र पुर्यायो । त्यतिबेला रिचमोन्ड फलोसिप नामक पुर्नस्थापना केन्द्र संचालनमा थियो । जहाँ उनी भर्ना भए । निरन्तर ३ महिनाको साधना पश्चात प्रदीपमा पनुर्जीवित भएको महशुस हुन थाल्यो । थप ३ महिना पुन उनी लागुऔषध सम्बन्धि गहन साधनामा लागे । ६ महिना परिवार बेगर रहेर लागुऔषधको जीवनबाट पुनस्थार्पित हुने अभ्यास गरे । जसले उनलाई सफलता दिलाउँदै गयो । लागुऔषध दुव्र्यसनीमा लागेका प्रदीपले आफु जस्तै लागुऔषधमा लागेकाहरुको सेवा गर्ने मनसाय बनाए र रिचमोन्ड फेलोसिपमा कर्मचारीको रुपमा काम गर्न थाले । जसले उनलाई समाजमा स्थापित गर्न थप मदत गर्यो । उनको काम नै आफू जस्तै लागु औषधमा परेका व्यक्तिहरुलाई जीवनप्रतिको थप आशा जगाउनु थियो । लामो समय फेलोसिप नेपालका लागि काम गरेका प्रदीपले आफुू जस्तै सयौं युवाहरुलाई उत्प्रेरणा जगाउने काम गरेका छन् । पेशाले निर्माण व्यवसायी भएता पनि सामाजिक सेवामा समेत उनको सक्रियता बढ्दो छ । पछिल्लो समय राजनीतिलाई समेत साथमा लिएर हिँडेका छन् ।

प्रदीप नेपाली काँग्रेस पोखरा ९ का क्षेत्रीय प्रतिनिधि हुन् । केन्द्रीय नेटवर्क समितिको समेत सदस्यको जिम्मेबारी पाएर उनले आफ्नो क्रियाशिलतालाई अगाडि बढाएका छन् । महेन्द्र उच्च माविका व्यवस्थापन समितिका सदस्य समेत रहेका प्रदीप नयाँ बजार क्लबको उपाध्यक्ष हुन् ।

भन्छन्,‘पुर्नस्थापित केन्द्रमा गएपछि नै म को हुँ, मेरो धरातल के हो, मेरो वास्तविकता के हो र मेरो अगाडिको बाटो के हो भन्ने कुराहरुको विषयमा जानकारी प्राप्त भयो ।’ प्रदीपले लागुऔषध त्यागेको १७ वर्ष पुग्यो । अहिले पनि उनी दुव्र्यसनीमा लागेकाहरुलाई सुधार गर्न लागि परेका छन् ।

रिचमोन्ड फेलोसिप पहिला केन्द्रबाट नै संचालित थियो । अहिले टुटेर आ—आफ्नै तरिकाले चलिरहेको छ । कास्कीमा ६ जना स्टाफ मार्फत संचालित छ । पुर्नस्थापना केन्द्र (रियाब) ले कुलतमा फेसेकाहरुलाई बाहिर निकाल्ने काम गर्छ । नशामा लागेकाहरुलाई समाजमा पुर्नस्थापित गराउन रियाब सेन्टरको भूमिका महत्वपूर्ण छ । शिक्षा मार्फत नै सही र गलतको पहिचान गराउने गरेको प्रदीप बताउँछन् । बिहान सुर्योदय देखि सुर्यास्त सम्म नशामा लागेकाहरुलाई यसबाट मुक्त बनाउन शैक्षिक परामर्श गरिरहेको भनाई उनको छ ।

रिचमोन्ड फेलोशिप पोखरा, पोखरा ११ काहुँडाँडा

भन्छन्,‘दैनिक नित्यकर्म देखि सरसफाई हुँदै कुलतका बारेमा सम्पूर्ण शिक्षा प्रदान गर्ने गरिन्छ । ५५ जना रिचमोन्ड फेलोसिप पोखरामा सेवा लिइरहेका छन् । कास्की मात्रै नभई देशका विभिन्न जिल्लाका नशामा लागेकाहरुलाई सेवा प्रवाह रिचमोन्डले गरिरहेको छ ।’

कुलतमा लागेका १७ वर्षदेखि ६२ वर्षसम्मका लाई रिचमोनले सेवा दिइरहेको छ । सामाजिक, घरयासी र व्यक्तिगत समस्या लिएर सेवाग्राही रिचमोन आउने गरेको भनाई प्रदीपको छ । जसमा कुलतले गर्दा भोग्नुपरेको सामाजिक अपहेलना, जागिरमा नगएको समस्या, परिवारमा परेको समस्या प्रमुख हुन् ।

प्रदीपका अनुसारमा कुलतमा लागेकाहरुको निको हुने समय व्यक्तिमा नै निर्भर गर्छ । कुलतमा लागेको व्यक्तिले रियाब आइसकेपछि पनि भनेका कुराहरुको पालना मनबाट नै गर्यो भने छिटो सुधार हुन सक्छ । पालना गरिएन भने समय धेरै लाग्न सक्छ । नशामा लागेका व्यक्तिहरुलाई सुधारको प्रक्रियाका बारेमा राम्रो जानकारी भयो भने निको हुन धेरै समय नलाग्ने भनाई उनको छ ।

रियाबमा पनि पटके केस हुन्छ । एक पटक निको भइसकेको व्यक्ति पुनः कुलतमा लागेर उपचारका लागि रियाब धाएको देखिन्छ । रिचमोन्डमा पनि यस्ता व्यक्ति छन् । तर पनि सेवा नै नशामा लागेका व्यक्तिहरुलाई समाजमा पुर्नस्थापित गर्ने भएपछि त्रियाशील भएर संस्था लागिरहेको छ ।

रिचमोन्डमा सेवा लिन पुगेका सेवाग्राहीहरु सन्तुष्ट भएर नै घर फर्केको र समाजमा पुर्नस्थापित भएको प्रदीपले बताए । दुव्र्यसनी सम्बन्धि सेवा लिएका सेवाग्राहीहरुले सोहि सम्बन्धि जनचेतना समाजमा फैलाउने काम समेत गरिरहेको भनाई उनको छ ।

रिचमोन्डले सेवा दिए बापत शुल्क निर्धारण गरेको छ । कर्मचारीको तलब र समग्र व्यवस्थापनका लागि महिनाको १७ हजारमा सेवा प्रवाह गरिरहेको छ । जसमा खाना, बस्न, चिकित्सक सेवा, शिक्षा लगायतका कुराहरु पर्छन् । यसमा पनि तिर्न सक्नेहरु छन् । पैसाको अभावमा रिचमोन्डमा सेवा नपाउने हुँदैन । सेवाशुल्क तिर्न नसक्नेहरुलाई पनि रिचमोन्डले निशुल्क परामर्श गरिरहेको छ । चार रोपनी जमिन भाडामा लिएर पोखरा ११ काहुँडाँडामा रिचमोन्ड संचालनमा छ ।

प्रदीपका अनुसार सुधार केन्द्रहरु सरकारबाट नै संचालन हुनुपर्छ । लागु औषध सम्बन्धि जनचेतनाका लागि हर नागरिकले निशुल्क सेवा लिन पाउनुपर्ने धारणा उनको छ । रियाब सेन्टरहरुले सरकारलाई सहयोग गरिरहेका उनले बताए ।

राजनीतिक गतिविधिमा प्रदीप

Leave A Reply

Your email address will not be published.