सुचना, समाचार र मनोरन्जन

प्रतिनिधिसभा ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने

काठमाडौँ,

प्रतिनिधिसभाको बैठक आगामी ६ दिनका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले बिहीबारको बैठकपछि सदनको आगामी बैठक भदौ २४ गतेसम्मका लागि स्थगित गरेका हुन् ।

बिहीबार सिंहदरबारस्थित भवनमा बसेको बैठकमा सांसदहरूले रसुवा, नुवाकोट र धादिङमा बाढीले पुर्‍याएको क्षति, उद्धारमा भएको ढिलासुस्ती, सुरुङमा फसेका श्रमिकहरूको अवस्था र ग्रीन आर्मीको वैधानिकता लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

सभामुख अर्यालले प्रतिनिधि सभाको अर्को बैठक आगामी भदौ २४ गते दिउँसो १ बजे बस्ने जानकारी गराए । बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाल भारतबिच दीर्घकालीन विद्युत् व्यापार गर्ने सम्बन्धी सम्झौता पेस गरे ।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता पेस गरिन् ।

Leave A Reply

Your email address will not be published.