काठमाडौँ,
प्रतिनिधिसभा मस्यौदा नियमावली २०८३ समितिका सभापति गणेश पराजुलीले समितिको मस्यौदा पेस गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा पराजुलीले समितिको मस्यौदा पेस गरेका हुन् ।
गत चैत २३ गतेको प्रतिनिधिसभाको बैठकबाट १५ सदस्यीय मस्यौदा समिति गठन गरिएको थियो । सोहीअनुसार समितिले चैत २४ देखि काम थालेर कार्यविधि बनाएर नियमावली मस्यौदा तयार गरेको थियो ।
यस्तै, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सात सदस्यको मनोनयनसमेत गरिएको छ ।
यसैबीच, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदन भएको छ । योसँगै संसद्को अधिवेशन सञ्चालन नभएको अवस्थामा सभाका विभिन्न समितिका सदस्यको नामावली हेरफेर गर्ने निर्णय अनुमोदन भएको छ ।