काठमाडौं :
नेपाली गायक गायिका तथा अभिनेताहरु गीत मात्रै गाउदैनन् उनीहरु समाज सेवा समेत गर्दछन् भन्ने उदाहरण शनिबार काठमाडौंमा देखियो। कलाकारको हकहितका लागि खोलिएको राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान लगायत बिभिन्न संस्थाहरुको सहकार्यमा रक्तदान कार्यक्रम गरे।

प्रतिष्ठानको नेतृत्वमा भएको यस कार्यक्रममा ५५ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । सोही कार्यक्रममा रक्तदानसँगै आँखा तथा दाँतको निःशुल्क शिबिर संचालन गरिएको थियो। संस्थाका महासचिव तथा संगीतकार दीपक शर्माले ५०० भन्दाबढि यसबाट लाभ लिएको बताए।
उनका अनुसार रक्तदान कार्यक्रममा राजेन्द्र बजगाई, लोकप्रिय गायक नारायण थापा, पुष्कर सुनुवार, मोडल प्रतिक्षा काफ्ले, गोपाल ढकाल ‘छन्दे’ लगायतको उपस्थिति रहेको थियो। आगामी दिनमा पनि यस्तै कार्य गर्दै लैजाने समेत प्रतिष्ठानको भनाई छ।