सुचना, समाचार र मनोरन्जन
Sarangi

राजनीति भित्रको फोहरको कथामा बन्यो ‘जवानी लिलाम भो’

काठमाडौं :

अमेरिका निवासी गायक हर्क चाम्लिङले नयाँ सांगीतिक कोसेली ‘जवानी लिलाम भो’ सार्वजनिक गरेका छन्। मुनाल शिशिर कोइरालाको शब्द रहेको यस गीतमा संगीत वसन्त सापकोटाले दिएका छन्।

पुस्कर सुनुवारले संगीत संयोजन गरेको यो गीतमा राजनीति भित्रको फोहरको कथामा आधारित रहेर म्युजिक भिडियोको कथा तयार पारिएको छ। भिडियोमा दिक्पाल कार्की, चिरन्जीवी सापकोटा, अस्मिता जुरेली, समीप निरौला, राज कुमार, गौरव हमाल, मनिसा लामा, जितेन्द्र रावल, आशा खत्री, अञ्जु गुरुङ र समिक्षा सानुको अभिनय रहेको छ।

राजेश घिमिरेले छायाँकन गरेको भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरेका छन्। देवी राई निर्मात्री रहेको यस म्युजिक भिडियोलाई गीतकार कोइरालाले आफैले निर्देशन गरेका छन्। यो गीतको भिडियोलाई गायक चाम्लिङको युट्युव च्यानल ‘हर्क चाम्लिङ अफिसिएल’ मार्फत सार्वजनिक गरिएको हो।

Leave A Reply

Your email address will not be published.