सुचना, समाचार र मनोरन्जन

भीम लिम्बूको ‘खुल्यो है खुल्यो’मा कृष्ण सेनेहाङ, विशाल सेनेहाङ, जेनिफर लिम्बू र रेश्मा

काठमाडौं :

गायक भीम लिम्बू सेनेहाङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । भिमले हालै लोकशैलीको ‘खुल्यो है खुल्यो’गीतको भिडियो सार्वजनिक गरेका हुन्।
युट्युब च्यानल ‘भीम लिम्बू’मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई छायाँकन हङकङमा गरिएको हो। हङकङलाई कर्मथलो बनाउँदै आएका निर्देशक युगल पोमूले निर्देशन गरेको यस भिडियोमा कृष्ण सेनेहाङ, विशाल सेनेहाङ, जेनिफर लिम्बू र रेश्मा साम्पाङ राईको अभिनय गरेका छन्। निर्देशक पोमूले यस भिडियोलाई फेमिलियर शैलीमा तयार गरेका छन्।

Pach Pandav

प्रायः नृत्यपरक भिडियो निर्देशन गर्दै आएका पोमूले यस गीतको भिडियोलाई एउटै फ्लोरमा सक्ने प्रयास गरेका छन् । भिडियोमा लिम्बू समुदायको संस्कृति झल्काउनुका साथै युवापुस्ताको रोमान्टिक जीवनशैलीलाई चित्रण गर्न खोजिएको छ। दर्शक तथा श्रोताले टपक्क टिप्न सक्ने लोकशैलीको यस गीतको संगीत चर्चित संगीतकार ताराप्रकाश लिम्बूले गरेका हुन् भने शब्दरचना बरिष्ठ गीतकार डा कृष्णहरि बरालको रहेको छ ।
मज्जाको राईको छायाँकन र अनिलकुमार महर्जनको सम्पादन रहेको यस भिडियोका लागि डान्स कोरियोग्राफी सुक सामेखाम लिम्बूले गरेका हुन् । गायक भीमले आफ्नो पछिल्लो यस गीतबाट निकै आशावादी रहेको बताए । विशेषगरी पूर्वेलीका गीतका लागि चर्चित भीमले भने, ‘यसअघिका गीतहरुभन्दा यो केही फरक छ । दर्शक तथा श्रोताले पनि त्यो पक्कै महशुुस गर्ने छन् ।’

गायक भीमले केही समयअघि मात्र ‘मिन्जिमा ए’ बोलको पालम ल्याएकाका थिए। उनको यस अघि ‘धानै नाचिन्छ’, ‘माया मेरो झुटो रे’, ‘हाते काटेर’, ‘फेसबुकैले’लगायतका गीत चर्चित छन् । हालैमात्र सार्वजनिक लिम्बू संस्कृतिमूलक पालम ‘मिन्जिमा ए’ पनि अहिले चर्चामा छ । यसैबेला भीम ‘खुल्यो है खुल्यो’ गीतको भिडियो लिएर आएका हुन् ।

Leave A Reply

Your email address will not be published.