सुचना, समाचार र मनोरन्जन

काभ्रेको पाँचखालबाट थालियो ‘प्रेम गीता’को सुटिङ,जयकिशन बस्नेतको छोरी हिरोइन्

काठमाडौं :

ग्रीन प्यारोटस् फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘प्रेम गीता’को छायांकन सुरु भएको छ। सोमबारबाट काभ्रेको पाँचखालबाट फिल्मको छायांकन सुरु भएको हो।

राजेन्द्र बस्नेतको ‘डेब्यू’ निर्देशन रहने फिल्ममा सुशील पोखरेल, जाहन्वी बस्नेत, साजिद खान, आशा पौडेल, अर्जुन गुरुङ (भँगेरी डन),दीपक केसी, खुश्बु पाण्डे, माधव केसी,मानसी शर्मा, दीपशन लिम्बु,मौसम खड्का र ममता माझीको अभिनय रहनेछ। जाहान्वी अभिनेता जयकिशन बस्नेतकी छोरी हुन्। उनले केहि फिल्ममा यसअघि पनि फिल्ममा अभिनय गरिसकेकी छन्। यता निर्देशक बस्नेतले पनि फिल्म ‘कम्पन’ र ‘काउँसो’ निर्माणको अनुभव गरिसकेका छन्।

साजिद खान प्रस्तुतकर्ता रहेको फिल्ममा अयाज अलि खान निर्माता छन्। निर्देशक बस्नेतका अनुसार काठमाडौं र काभ्रे आसपासमा रहेर २५ दिनको समय तालिकामा फिल्म छायांकन हुनेछ। विनयराज पौडेल मुख्य सहायक निर्देशक रहेको फिल्ममा मौनता श्रेष्ठको लेखन,रामेश्वर हुँमागाईको छायांकन, भरत बस्नेतको संगीत, राजु किराँतको द्वन्द्व,रामजी लामिछानेको कोरियोग्राफी र रवि केसीको श्रृंगार रहनेछ।

Leave A Reply

Your email address will not be published.