चितवन,
चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्ग पहिरो हटाएपछि पूर्णरूपमा सञ्चालनमा आएको छ ।
शनिबार राति करिब १०ः२५ बजे सडक माथिबाट रुखसहितको सुख्खा पहिरो खस्दा नारायणगढ–काठमाडौं सडकखण्डको आवागमन दुईतर्फी रूपमा अवरुद्ध भएको थियो ।
पहिरोका कारण सडक अवरुद्ध भएपछि सुरक्षाकर्मी तथा सडक मर्मत टोलीले पहिरो पन्छाउने काम गरेका थिए । पहिरो हटाएपछि आइतबार बिहान ६ः४५ बजेदेखि नारायणगढबाट काठमाडौंतर्फ जाने र काठमाडौंबाट नारायणगढतर्फ आउने सवारीसाधनको आवागमन पूर्णरूपमा सञ्चालनमा आएको हो ।
सडक सञ्चालनमा आएपछि पहिरोका कारण रोकिएका तथा नियमित आवतजावत गर्ने सवारीसाधन गन्तव्यतर्फ अघि बढेका छन् । हाल उक्त सडकखण्डमा सवारी आवागमन सामान्य रहेको जनाइएको छ ।