सुचना, समाचार र मनोरन्जन

पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्तीका अवसरमा पूर्वराजा शाहद्वारा शुभकामना 

काठमाडौँ,
पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले नारायणहिटी राजदरबार छोडेको करिब दुईदशक बित्दा पनि देशले सङ्कटको सामना गर्नुपरेको उल्लेख गर्दै चिन्ता व्यक्त गरेका छन
राष्ट्रिय एकता दिवस, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गर्दै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानबारे स्मरण गरेका छन ।
उनले आर्थिक प्रगतितर्फ देशलाई लैजान्छौँ र स्थायित्व दिन्छौँ भनेर सत्तामा पुगेका दलहरूको चाहनाअनुसार आफूले सहयोगी नियतका साथ राजकाजबाट बाहिरिएकोसमेत स्मरण गरेका छन ।
आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १७७९ मा जन्मिनुभएका शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
Leave A Reply

Your email address will not be published.