काठमाडौं:
आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बिगुल’ले प्रचारप्रसारमा तीव्रता पाएको छ । रमेश कोइराला निर्देशित फिल्म देशको वर्तमान राजनीति अबस्थासँग मिल्दोजुल्दो रहेको निर्माण पक्षको दाबी छ।
यतिबेला निर्देशक कोइरालाका साथमा फिल्मका कथाकार तथा निर्माता दिनेश कोइरालाले पूर्वी नेपालका विराटनगर,इटहरी,धरान,दमक,बिर्तामोडहुँदै हेटौडा र चितवनका दर्शकहरु माझ प्रत्यक्ष रुपमा ‘बिगुल’ प्रदर्शन हुन लागेको सन्देश पुर्याएका छन्। करिब एक साता लामो मोफसल टुरमा निर्माता,निर्देशकले आफ्नो फिल्म प्रति दर्शकको अभिरुचि र प्रतिक्रिया बुझेनन् मात्र फिल्म हेर्नका लागि सबैलाई आह्वान पनि गरेका छन्।
मोफसल दौडाहाबीच निर्माण टिमले फिल्ममा समावेश लोकभाकाको गीत ‘बनको कोइली बनैमा रमायो’ समेत रिलिज गरेको छ। जसमा यशराज गचर र ऋचा थापा फिचर्ड छन्। गीतमा मनिष चौधरी र शान्तिश्री परियारको स्वर,मनोज चौलागाईको शब्द,संगीत र कमल राईको कोरियोग्राफी छ।
फिल्ममा बेनिशा हमाल,नरेन खड्का,रमेश बुढाथोकी,नीर शाह,सरोज खनाल,हेमन्त बुढाथोकी,शिशिर वाङ्देल,बिनोद न्यौपाने,जेएन घिमीरे,गीता अधिकारी,मीरा पण्डित,मानश्री शर्माका साथमा वरिष्ठ अभिनेता रबिन्द्र खड्काले पनि अभिनय गरेका छन्। म्याग्नोलिया ग्रुपको ब्यानर महेश कोइराला र सूर्यकान्त कोइराला सहनिर्माता रहेको फिल्मको पटकथा र सम्वाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन्। काफिया फिल्म्स् र श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले वितरण गर्न लागेको यो फिल्मलाई पुरना क्यामेरामेन शिव ढकालले खिचेका हुन ।