
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पोखराको लेकसाइडमा ‘मिरक्याट पार्क’ सञ्चालनमा: खाना, खेल, संगीत र समुदाय जोड्ने साझा थलो
- ६ दिनमै युट्युब र टिकटकमा हिट बन्यो ‘कबड्डी ५’ को ‘थाक खोला’,दयाहाङसँग मिरुना, सिर्जना र रिश्माको प्रेम
- बुद्ध एयरका अपरेसन म्यानेजर बाबुरामको नयाँ गीत ‘आमा बाँचिराखे’ रिलिज
- विपना थापा र वर्षा पछि नविन पन्तको ‘बाकस’मा पुस्करको इन्ट्री
- ‘बाटुलो जुन’को पहिलो गीत सार्वजनिक: भुवन बनेका अनमोल, कृष्टि शैलीमा प्रिन्सी
- सागर लम्साल ‘बले’ को अन्तिम फिल्म बन्दै ‘डल्लेले इन्ट्रि मार्यो’
- नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड
- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
- बूढीगण्डकी बाढीः कांग्रेस सभापति थापाद्वारा उद्धारमा जुट्न आग्रह
- बिन्ध्यवासिनी मन्दिरमा आजदेखि नवदुर्गा महोत्सव सुरु
“राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण छ”
काठमाडौँ,
निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदताका लागि सुरक्षाको भरपर्दो वातावरण हुने बताएका छन ।

निर्वाचनमा सुरक्षाकै कारण राजनीतिक दल र उम्मेदवारले जनतासँग मात माग्न र मतदताले मतदान गर्न असुविधा हुने स्थिति नआउने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका हुन । उनले एकीकृत सुरक्षा योजनाअनुसारका चारैसुरक्षा निकायले समन्वयात्मक काम गरिरहेको र नेपाल सरकारले पनि आवश्यक स्रोत साधन उपलब्ध गराइरहेको स्पष्ट गरे ।
“राजनीतिक दल, उम्मेदवार वा पक्षधरहरुले जनता र मतदातासमम्म आफ्ना विचार वा प्रचार लैजान निर्भयतापूर्वक विश्वस्त भएर लाग्नसक्ने स्थिति छ । सुरक्षाकै कारण मतदातासमक्ष उहाँहरु जान नसक्ने अवस्था छैन”, उनले भने, “यसका लागि सुरक्षा निकायले चनाखो भएर काम गरिरहेका छन् । सरकारले स्रोत, साधन उपलब्ध गराएकै छ ।”