सुचना, समाचार र मनोरन्जन

राप्रपाले पुस २७ गते पृथ्वी जयन्ती मनाउने

काठमाडौँ/

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस २७ गते भव्यताका साथ पृथ्वी जयन्ती मनाउने भएको छ । शुक्रबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पृथ्वी जयन्ती भव्यताका साथ मनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

केन्द्रीयरुपमा जलपान समारोहका साथ भृकुटीमण्डपमा चियापन कार्यक्रम गर्ने र ७७ वटै जिल्लास्तरमा पनि पार्टीले कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउने तय भएको श्रेष्ठको भनाइ छ । पृथ्वीजयन्तीलाई भव्यताका साथ मनाउन अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा मूल समारोह समिति समेत गठन गरिएको छ ।

उपनिर्वाचनको समीक्षालगायतका विषयमा छलफल नसकिएकाले शनिबार पनि बैठक बस्ने श्रेष्ठको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.