सुचना, समाचार र मनोरन्जन
IVF New Banner

बिदेशबाट फर्किएका तनहुँका एक युवामा मंकीपक्स संक्रमण देखियो

काठमाडौँ/

नेपालमा पुनः मंकीपक्स संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा मंकीपक्स संक्रमण पुष्टि भएको हो।

Exchange and test

‘साउदी अरबबाट बिहीबार स्वदेश आएका उहाँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो’, उनले भने, ‘अहिले उनको अवस्था सामान्य छ ।’ उनको शुक्रराज अस्पतालमा ‘आइसोलेसन’मा राखेर उपचार भइरहेको छ ।

दुई वर्षअगाडि पनि नेपाल आएका एकजना विदेशीमा मंकीपक्स संक्रमण देखिएको थियो । मंकीपक्स संक्रमण देखिएपछि सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ‘हेल्थ डेक्स’लाई सतर्कता अपनाउन सरकारले निर्देशन दिएको प्रवक्ता बुढाथोकीले बताए ।

Leave A Reply

Your email address will not be published.