सुचना, समाचार र मनोरन्जन
tigar

सुशिलको फिल्म ‘आउटलः दफा २१९’को प्रदर्शन मिति तय

काठमाडौं :

फिल्म ‘आउटलः दफा २१९’को प्रदर्शन मिति तय भएको छ। निर्माण टिमले शुक्रबार फिल्मको यो फिल्म अब फागु पुर्णिमाको अवसर पारेर फागुनको २९ गतेबाट नेपालभर रिलिज हुने पक्का भएको हो। यो फिल्मअसोजको ३ गतेबाट पोष्टपोन्ड भएको थियो।

sfal

विक्की महर्जनको निर्देशन तथा अमित अग्रहरिको निर्माणमा तयार भएको यो फिल्मको सार्वजनिक नयाँ पोष्टरमा नायक सुशिल श्रेष्ठको लुक्स गज्जब छ। हातमा हतियार बोकेर बसेका सुशिलको अनुहारमा रगतको छिटा देख्न सकिन्छ। यसले पनि फिल्म कुन जनरामा निर्माण भएको छ भनेर सजिलै वुझ्न सकिन्छ।

फिल्ममा सुशिलको साथमा शिक्षा संग्रौला, नरेश पौडेल,सुमन भण्डारी, सोनी लगुनको अभिनय छ। विनोद कठायत कार्यकारी निर्माता रहेको यो फिल्ममा विकास चौधरी सह–निर्माताको रुपमा छन्। फिल्ममा नविन गुरुङको डीओपी, साहिल खानको सम्पादन, विक्की महर्जनको लेखन, चुल्ठे काजीको एक्सन छ।

फिल्मका लागि यसको निर्माणपक्षले ४० लाख खर्च गरेर नयाँ एक्सनको दृश्य पनि खिचेको छ । जसकाकारण, फिल्मको नयाँ प्रदर्शन मिति सार्वजनिक गर्न केही ढिलाई भएको निर्माणपक्षले बताएको छ। यो फिल्मले नायक सुशिल श्रेष्ठलाई फिल्म क्षेत्रमा बलियो कमब्याक गराउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.