सुचना, समाचार र मनोरन्जन

सम्पत्ति शुद्धीकरणमा नेपाललाई ‘ग्रे लिस्ट’बाट जोगाउनुपर्छ : मन्त्री गुरुङ

काठमाडौँ/

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सम्पत्ति शुद्धीकरण’को मामिलामा नेपाललाई ‘ग्रे लिस्ट’बाट जोगाउन जरुरी रहेको बताएका छन् ।

Gandarbha

मन्त्रिपरिषद्ले गरेको निर्णयबारे जानकारी दिन मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले सोधेका प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता गुरुङले ‘सम्पत्ति शुद्धीकरण’को मामिलामा नेपाललाई ‘ग्रे लिस्ट’बाट जोगाउन सरकारले अभियान नै सुरु गर्ने निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार सङ्घ र प्रदेशमा राष्ट्रिय रूपमा र्‍याली गर्ने, गलत तरिकाले सङ्कलन गर्ने कालो धनविरूद्ध जनतामा सचेतना फैल्याउनेलगायत अभियान सुरु गरिने सरकारको योजना रहेको जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.