काठमाडौं :
अभिनेत्री प्रियंका कार्कीको इन्स्टाग्राम फलोअर्स संख्या २ मिलियन पुगेको छ। सामाजिक सञ्जालमा सक्रिय रहँदै आएकी कार्कीले यो उपलब्धिको खुसी सार्वजनिक रूपमा व्यक्त गरेकी छन्। उक्त अवसरमा उनले रियालिटी शो हिमालय रोडिजको टिमसँग नाचेको भिडियो सार्वजनिक गरेकी छन्।
भिडियोमा शार्क ट्यांक नेपाल र हिमालय रोडिजका निर्देशक सिमोस सुनुवार पनि नाचिरहेको देखिन्छ।
कार्कीले इन्स्टाग्राममा लेखेकी छन्,‘मेरो रोडिजको टिमसँग इन्स्टाग्राममा मेरो फलोअर्स संख्या २ मिलियन पुगेको अवसरमा खुसी मनाउँदै। कस्तो खुसीको रात। सबै इन्स्टा परिवारलाई हार्दिक धन्यवाद।
नेपाली कलाकारहरूमा इन्स्टाग्राममा धेरै पछ्याइनेमध्ये कार्की एक हुन्। इन्स्टाग्राममा धेरै फलोअर्स रहेका अन्य नेपाली सेलिब्रिटीहरूमा अदिती बुढाथोकी, सिम्पल खरेल, प्रिन्सी खतिवडा, निर्मल पूर्जा, समीरा थापा, खुसी भट्टराई, स्वस्तिमा खड्का, र श्रृंखला खतिवडा उल्लेखनीय छन्।