सुचना, समाचार र मनोरन्जन

पाँचौँ संस्करणको ‘राइट टु प्रोटिन रन’ हाफ म्याराथन भव्यताका साथ सम्पन्न

पोखरा,

पाँचौँ संस्करणको ‘राइट टु प्रोटिन रन’ हाफ म्याराथन पोखरामा भव्यताका साथ सम्पन्न भएको छ ।  शनिबार सम्पन्न पाँचौँ ‘राइट टु प्रोटिन रन’को हाफ म्याराथनमा पुरुषतर्फ विनोद रोकाया र महिलातर्फ निशा सार्की विजेता बनेका छन्।

२१ किलोमिटर पुरुषतर्फ विनोदले १ घण्टा ७ मिनेट २० सेकेन्डमा दूरी पूरा गर्दै उपाधि जिते। सुशीलकुमार शाही १ घण्टा ८ मिनेट ५ सेकेन्डमा दोस्रो तथा विदेशी धावक जोन मुइन डे १ घण्टा ८ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए। नरेन्द्रसिंह रावल चौथो र सञ्जय श्रेष्ठ पाँचौँ भए।

महिलातर्फ निशा सार्कीले १ घण्टा २१ मिनेट ४७ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरिन्। निर्मला केसी दोस्रो र आश्मा विक तेस्रो भए। रायालक्ष्मी रावल चौथो तथा दिपा बस्नेत पाँचौँ भए।

१० किलोमिटर खुला पुरुषतर्फ रुपेश कार्की पहिलो भए। उनले ३१ मिनेट ३४ दशमलव ६० सेकेन्डमा दौड पूरा गरे। उमेश थापा दोस्रो र धिरज लिम्बू तेस्रो भए।

Chaka Panja

५ किलोमिटर खुला महिलातर्फ सरस्वती भट्टराईले २० मिनेट ३५ दशमलव १२ सेकेन्डमा दूरी पार गर्दै उपाधि जितिन्। सपना परियार दोस्रो र जानकी राना तेस्रो भए।

हाफ म्याराथनका महिला र पुरुष विजेताले जनही १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाए। दोस्रो हुनेले १ लाख, तेस्रोले ५० हजार, चौथोले ३० हजार र पाँचौँ हुनेले २५ हजार रुपैयाँ प्राप्त गरे। सबै विधाका उत्कृष्ट पाँच धावकलाई नगद पुरस्कार दिइएको US Soybean EXport Council Country MArket Lead अशेष भट्टराईले जानकारी दिनुभयो ।

नेपाल फिड इन्डस्ट्रिज एसोसिएसनको आयोजनामा भएको प्रतियोगितामा फरक क्षमता भएका ह्विलचियर धावक लगायत स्वदेशी तथा विदेशी १० देशका ४ हजार १ सय ६ जना सहभागी थिए।

‘स्वस्थ नेपालका लागि दौड’ भन्ने अभियानसहित सन् २०१९ देखि आयोजना हुँदै आएको राइट टु प्रोटिन रनले अण्डा, मासु, माछा, दूध, सोया, टोफु, पनीर, दाल तथा गेडागुडीजस्ता प्रोटिनका स्रोतको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्य राखेको छ।

 

 

Leave A Reply

Your email address will not be published.