सुचना, समाचार र मनोरन्जन

अनमोलले नपत्याएपछि पूजा शर्मा भन्छिन्,‘ मलाई स्टारसँग काम गर्न त लेखेकै छैन’

काठमाडौं :

अभिनेत्री पूजा शर्माले आफुलाई स्टार कलाकारसँग काम गर्न नजुरेको बताएकी छन्। शुक्रबार फिल्म ‘उपहार’को गीत रिलिजका कार्यक्रममा उक्त कुरा बताएकी हुन्।

यस फिल्ममा उनको स्क्रिन–कपलको भूमिकामा मिस्टर नेपाल समर्पणजंग कार्की रहेका छन् । उनले भनिन्, ‘रेखा दिदीले भनेजस्तै मलाई पनि नयाँ हिरो मात्र फाप्छ । मलाई स्टारसँग त लेखेकै पनि छैन र मलाई नयाँ हिरोसँग काम गर्नु नै छ । नयाँ हिरो हाम्रो नेपाली फिल्म इन्डस्ट्रीमा चाहिन्छ पनि । राम्रो राम्रो हिरो आउनुहोला ।’

Chaka Panja

उनले थपिन्,‘जहिले पनि मेरो कम बोल्ने हिरो पर्थ्यो । यसपालि चाहिं म सुन्ने, हिरो बोल्ने प¥यो । यति राम्रो, ऊसँग धेरै कुरा सिक्न पाएँ, ’ पूजाले भनिन् । यस अघि उनले नयाँ नयाँ अभिनेतासँग काम गरेकी छन्। उनी अभिनित फिल्म ‘प्रेमगीत’मा प्रदीप खड्का र ‘म यस्तो गीत गाउँछु’मा पल शाहसँग उनको जोडी बाँधिएको थियो। उनका यि दुवै फिल्म चलेका थिए।

त्यस्तै अर्को फिल्म ‘रामकहानी’मा आकाश श्रेष्ठसँग जोडी बाँध्दा ‘सम्हालिन्छ कहिले मन’मा उनी डेब्यु ब्वाय सोनम तोप्देनकी जोडी बनेकी थिइन्। यो फिल्म भने असफल बन्यो। उनले केहि महिना अघि अनमोल केसीलाई लिएर फिल्म बनाउने घोषणा गरेकी थिइन्। अनमोलसँग फिल्मका लागि कागजी सम्झौता समेत भएको थियो । तर, अनमोलले फिल्ममा काम नगर्ने भन्दै फिर्ता गरेपछि अभिनेत्री शर्मा आक्रोशित बनेकी थिइन्। त्यसैलाई लक्षित गरि उनले आफुलाई स्टारसँग काम गर्न नजुरेको अभिव्यक्ती दिएकी हुन्।

आगामी फागुन २५ गते रिलिजको तयारीमा रहेको ‘उपहार’मा पूजासँगै रेखा थापा,मुकुन भुसाल र बेनिशा हमालको पनि अभिनय रहेको छ। फिल्मलाई ज्ञानेन्द्र देउजाको निर्देशन छ।

Leave A Reply

Your email address will not be published.