सुचना, समाचार र मनोरन्जन
Pdms

चन्दा पुन ‘लायन्स क्लब अफ काठमाडौं भिजनरी इन्टरप्रेन्योर’को अध्यक्षमा नियुक्त

काठमाडौं  :
वरिष्ठ सौन्दर्यविद् तथा समाजसेवामा सक्रिय चन्दा पुन लायन्स क्लब अफ काठमाडौं भिजनरी इन्टरप्रेन्योर को अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन भएकी छन्। सन् २०२५–२०२६ कार्यकालका लागि पुनलाई क्लबको नेतृत्व सुम्पिएको हो।

विगत लामो समयदेखि सौन्दर्य क्षेत्रमा सक्रिय पुन सामाजिक उत्तरदायित्वमा पनि उत्तिकै समर्पित छन्। आत्मविश्वास अभिवृद्धि, महिला सशक्तीकरण, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा उनले निरन्तर क्रियाशीलता देखाउँदै आएकी छन्।

लायन्स क्लबमार्फत उनले दीन–दुःखी, महिला तथा बालबालिकाका लागि विभिन्न मानवीय सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएकी छन्। अध्यक्षमा नियुक्त भएसँगै उनले भनिन्, “यो पद मेरो लागि गर्व मात्र होइन, गम्भीर जिम्मेवारी पनि हो। मानव सेवा नै सच्चा सेवा हो भन्ने विश्वासका साथ म अझ समर्पित भएर समाज सेवामा लाग्नेछु।”

लायन्स क्लब अफ काठमाडौं भिजनरी इन्टरप्रेन्योर, लायन्स क्लब इन्टरनेशनल, जिल्ला ३२५–जी अन्तर्गतको क्लब हो, जसले सामाजिक विकासका विविध क्षेत्रमा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

चन्दा पुनजस्तो अनुभवी र समर्पित व्यक्तित्वको नेतृत्वमा क्लबले अझ नयाँ ऊर्जा, समावेशिता र सेवाभावका साथ समाजमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.