काठमाडौँ,
पाकिस्तानस्थित ८०४७ मिटर उचाईको ‘ब्रोड पिक’ हिमाल आरोहणको क्रममा मृत्यु भएका चर्चित पर्वतारोही पुरबहादुर गुरुङ ९युक्त० को शव आज ४ बजे नेपाल ल्याइएको छ ।
पाकिस्तानबाट अहिले उनको मात्रै शव नेपालमा ल्याइने सगरमाथा आरोही समेत रहेकागाइड पेम्बा शेर्पाले रातोपाटीलाई जानकारी दिए ।
ुआज युक्तको मात्रै शव ल्याइने तयारी रहेको छ । हाम्रो साथीहरु नै पाकिस्तान छन् । निम्स दाइको चाहिँ नेपाल ल्याउने, नल्याउने फिक्स्ड भैसकेको छैन । सायद लण्डन नै लैजान सक्छन्,उनले भने ।
गत साताको हिमपहिरोमा १० जनाको मृत्यु भएको थियो भने त्यसमा ६ नेपाली थिए ।