पोखरा,
पुष्करिणी परोपकार गोकुलधामको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको श्रीमद् भागवत ज्ञान महायज्ञ कार्यक्रम सोमबारदेखि विधिवत् सुरु भएको छ। चैत्र २– ९ सम्म सञ्चालन हुने उक्त धार्मिक कार्यक्रम भव्य शोभायात्रासहित उद्घाटन गरिएको हो।

कार्यक्रमको उद्घाटन धनराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाका परिकल्पनाकार, संरक्षक तथा अध्यक्ष गुरूदेव कमल नयन गौतमको विशेष भूमिका रहेको थियो।
त्यसैगरी, वडा नं १४ का वडा अध्यक्ष बोध बहादुर कार्कीको विशेष आतिथ्यता रहेको कार्यक्रममा वडा नं. १८ का अध्यक्ष शिव प्रसाद तिमिल्सिना तथा वडा नं २७ का अध्यक्ष पूर्ण कुमार गुरुङको समेत उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा राष्ट्रिय परोपकार महासंघ नेपालका केन्द्र, जिल्ला, नगर तथा इकाई तहका अध्यक्ष एवं पदाधिकारीहरू, सल्लाहकारहरू, अक्षयकोषदाता, आजीवन सदस्यहरू, विभिन्न आमा समूह, संघ–संस्थाका प्रतिनिधिहरू, समाजसेवी तथा धर्मानुरागी महानुभावहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
महायज्ञ मूल आयोजक समितिका अध्यक्ष श्री जे.बी. कुँवरको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा सहभागी सम्पूर्ण अतिथि तथा उपस्थित महानुभावप्रति आयोजकले आभार, धन्यवाद तथा साधुवाद व्यक्त गरेको छ।

धार्मिक, सामाजिक तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञ कार्यक्रममा दैनिक रूपमा कथा प्रवचन, भजन–कीर्तन तथा विविध धार्मिक क्रियाकलापहरू सञ्चालन हुने आयोजकले जनाएको छ।
