सुचना, समाचार र मनोरन्जन

सेलिङको कविताकृती ‘सेप्म्माङलक’ र ‘आयोमा दर्पण’ पुस्तक बिमोचन

काठमाडौं :

गीतकार तथा लेखक लिला सेलिङको कविताकृती ‘सेप्म्माङलक’ र भिमकुमार सेलिङको ‘आयोमा दर्पण’कृतिको संयुक्त रुपमा बिमोचन गरिएको छ । काठमाडौंमा शनिबार साहित्यिक जमघटकाबिच यि दुइकृति विमोचन गरिएको हो।

शिक्षाको निम्ति आफ्नो जीवनको आधा उमेर सुम्पिएका श्री गुप्तेश्वर मावि याङ्वरक ३, ओयामका पूर्व प्र.अ. श्री भिम कुमार सेलिङको ‘शिक्षामा चौवालीस वर्ष’ पुस्तक केही वर्ष अघि प्रकाशित गरिसकेका छन्। त्यसैगरि आफ्नो कलमलाई निरन्तरता दिंदै पुन ओयाम दर्पण कृति र साथमा उनकै छोरी लेखिका, समाजसेवि, गीतकार अन्य धेरै विधानमा आफ्नो कार्यकौशल प्रस्तुत गर्दै आएकी लीला सेलिङ माबोको कविताकृति सेप्माङ्लक को संयुक्त रुपमा बिमोचन गरिएको हो ।

उक्त कृतिको हिजो आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वकुलपति तिलविक्रम नेम्वाङ ‘वैरागी काइँला’ ले विमोचन गरेका हुन् ।आधा दर्जन गीत रेकर्ड गरिसकेकी लिलाले केही अन्यपुस्तकहरुपनि बजारमा ल्याईसकेकी छन्। ‘मेमोरिज अफ अ गोर्खा ड्युरिङ लकडाउन’, संगै सुब्बा सुभाङी र निशान बारे खोजमुलक लेखहरु लेखेकी छन् । सामाजिक काममा समेत अग्रसर लिलाले विभिन्न पुरस्कारहरु समेत पाएकी छन् ।

Leave A Reply

Your email address will not be published.