सुचना, समाचार र मनोरन्जन

फिल्म ‘बद्री बहादुर’को गीत ‘मेरो जिवनको’ रिलिज

काठमाडौं :

शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को गीत ‘मेरो जिवनको’ रिलिज भएको छ । निर्माण टिमले कमेडी फ्लेवरमा तयार पारिएको फिल्मको गीत रिलिज गरेको हो। गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत र एलिना गुरुङ नाचेका छन्।

गीतमा उजन नेम्बाङको स्वर, शब्द र संगीत छ । केही समयअघि फिल्मलाई बलिउड कमेडियन कपिल शर्माले शुभकामना दिएपछि फिल्मको चर्चा चुलिएको थियो । फिल्मका अभिनेता राजीव फिल्मबाट आशावादी छन् । फिल्मसँगै समाजसेवामा पनि सक्रिय राजीवले आफ्नो चरित्रलाई दर्शकले मनपराउने बताए । फिल्म निर्माण टिमले धेरै हाँस्न नसक्ने दर्शकलाई फिल्म नहेर्न आग्रह समेत गरेको छ।

Pach Pandav

सञ्चारकर्मी तथा विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एबी पिक्चर्स फार्म र सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भएको हो । विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे फिल्मको निर्मातामा छन् ।

फिल्ममा जयकिसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाई र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन । फिल्मको एक गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री पूजा शर्मा समेत फिचर्ड छिन् । उनीहरु यही गीतमा मात्र देखिनेछन् ।

फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा समिर मियाँ सम्पादन छ। आरआर फिल्म्सले वितरण गर्ने फिल्र्म काठमाडौं,लमजुङ, धरान र संखुवासभा क्षेत्रमा छायांकन गरिएको हो। फिल्मका मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेल हुन् । फिल्म यही चैत २३ गते रिलिज हुँदैछ।

Leave A Reply

Your email address will not be published.