काठमाडौं/
जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डाैले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग चार घन्टा बयान लिएको छ ।
कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसँग बियान लिएको हो । अब आइतवार थप बयान लिने कार्यालयले जनाएको छ ।
लामिछानेसँग जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसन्धान अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडा र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बयान लिनुभएको हो ।