काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने दोस्रो तारिख बुझ्नका कास्की जाने भएका छन्।
उनी आजै जिल्ला अदालत कास्कीमा उपस्थित भएर तारिख बुझ्ने र सिधै रुपन्देही सचिवालयले जनाएको छ। भोलि रुपन्देही अदालतमा पनि उनले तारेख बुझ्नेछन्।
सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत कास्कीबाट उनी ६५ लाख धरौटीमा रिहा भएका थिए। यस्तै रुपन्देहीमा १ करोड धरौटी बुझाएर उनी छुटेका हुन्।