काठमाडौँ।
लेखक तथा निर्देशक पुरु रंकासु राईको शर्ट फिल्म ‘ओ यम जी’ यु ट्युब मा रिलिज गरिएको छ। बुद्दि तामाङ र सुदिप जंग कार्कीको अभिनय रहेको लघु चलचित्रले राजनीतिक नेताहरुलाई झटारो प्रहार गरेको छ। हेर्दा सामान्य लाग्ने तर गम्भीर कुरा मुभिले उठाउन खोजेको छ।
किरण राईको छायाँकन र सम्पादन रहेको ‘ओ यम जी’ मा अनिश श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक रहेको छ। उत्तम चन्द्र राईको निर्माणमा बनेको शर्ट मुभि ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। यो शर्ट फिल्म बिसेष सोच र सचेतनाको लागी निर्माण गरिएको लेखक तथा निर्देशक राईले बताए।
यस अघि शर्ट मुभी र केहि म्युजिक भिडियोको निर्देशन गरि सकेका राई आफ्नै लेखन तथा निर्देशनमा फिचर फिल्म निर्माणको तयारीमा रहेका छन्।