
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- मेट्रो ल्याब्सको निःशुल्क मधुमेह परीक्षण अभियान जारी, ५ हजारभन्दा बढीको परीक्षण गर्ने लक्ष्य
- विक्की श्रद्धाको ‘ककाकिकी’को प्रिमियरमा चलचित्रकर्मीले गरे प्रशंसा
- नेपाल–फिनल्याण्ड आर्थिक साझेदारी विस्तारमा चेम्बरको जोड
- घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने
- फेरी मान्यता पायो गगन सभापति रहेको कांग्रेसले
- फेवा किङ्स कप भलिबलः एपिएफद्वारा पुलिस पराजित
- १२.२६ प्रतिशत विद्युत चुहावट १२.१६ मा झर्यो
- फेवा किङ्स कपः पहिलो खेलमा गण्डकी प्रदेश विजयी
- नागरिक लगानी कोष ऐनलाई समयानुकूल अद्यावधिक गर्न संशोधन विधेयक: अर्थमन्त्री वाग्ले
- चार महिनामा वैदेशिक व्यापार ३३ प्रतिशतले बढ्यो, व्यापार घाटा करीब ३० प्रतिशतले वृद्धि
पूर्व–पश्चिम रेलमार्गः मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा
झापा,
प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा नपाउँदा स्थानीय जग्गाधनीहरू समस्यामा परेका छन् । उनीहरूले प्रचलित बजार मूल्यअनुसार अविलम्ब मुआब्जा दिन वा जग्गा फुकुवा गर्न माग गरेका छन् ।
सरकारले झापाको काँकरभिट्टादेखि सुनसरीको इनरुवासम्मको १२६।७५ किलोमिटर दुरीमा विद्युतीय रेलमार्ग निर्माण गर्न राष्ट्रिय गौरवको आयोजनाका रूपमा जग्गा अधिग्रहण गरेको थियो । यसका लागि सरकारले छ वर्षअघि २०७७ जेठ २४ र २७ गते सूचना जारी गरी मालपोत कार्यालयमार्फत हक हस्तान्तरण रोक्का गरेको थियो ।
पूर्व–पश्चिम रेलमार्ग मुआब्जा समन्वय समितिका केन्द्रीय सचिव ज्ञानेन्द्र निरौलाका अनुसार झापा, मोरङ र सुनसरीका चार हजारभन्दा बढी घरधुरीको पाँच हजार ४२४ कित्ता जग्गा रोक्का राखिएको छ । “जग्गा रोक्का गरिएको छ वर्ष बितिसक्दा पनि सरकारले न मुआब्जा दिन्छ, न त फुकुवा नै गर्छ”, उहाँले भन्नुभयो, “सरकारको यस्तो नीतिका कारण हामी सर्वसाधारण ठूलो मर्कामा परेका छौँ ।”

रेलमार्गका लागि झापाको दुई हजार ४५७, मोरङको एक हजार ६६८ र सुनसरीको एक हजार ३२९ कित्ता जग्गा अधिग्रहण गरिएको छ । अधिग्रहण क्षेत्रमा मेचीनगर र बिर्तामोडका दुई वटा सिङ्गो बस्ती नै परेका छन् ।
रेलमार्ग क्षेत्रमा ५१२।६९ हेक्टर खेतीयोग्य जमिन, ५३।६१ हेक्टर नदी तथा जलक्षेत्र, ३३ हेक्टर आवासीय क्षेत्र, १९।६ हेक्टर वनजङ्गल र १६।८६ हेक्टर सडक सञ्जाल पर्दछ ।
अधिग्रहण गरिएको क्षेत्रमा रेल विभागले सीमाङ्कनसमेत गरिसकेको छ । जग्गा किनबेच, अंशबण्डा, बैङ्क धितो र हक हस्तान्तरणमा पूर्ण प्रतिबन्ध लगाइँदा जग्गाधनीहरूले आफ्नो निजी सम्पत्तिको उपयोग गर्न पाएका छैनन् ।
समन्वय समितिका सचिव निरौलाले पटकपटक सरकार र मन्त्रीहरू फेरिए पनि समस्या जस्ताको तस्तै रहेको बताउनुभयो । उहाँका अनुसार प्रभावितहरूले चलनचल्तीको मूल्यअनुसार उचित मुआब्जा दिनुपर्ने वा छ वर्षसम्म रोक्का राखिए बापत क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्नुपर्ने माग राख्दै आएका छन् ।