सुचना, समाचार र मनोरन्जन

नायिका रजनीले गरिन् बाढी पीडितका लागि स्वास्थ्य शिविर संचालन

काठमाडौं :

अभिनेत्री रजनी केसीले बाढी पीडितहरुको लागि नुवाकोट,बिदुर नगरपालिका,टारमा बिहीबार स्वास्थ्य सिबिर संचालन गरेकी छिन । काठमाडौंबाट डा.सुदिप पण्डितसहितको टोली लिएर आफ्नो जन्म जिल्ला पुगेकी उनले बाढी पीडितको निशुल्क स्वास्थ्य चेकअपका साथै आबश्यक औषधी बितरण गरिन्।

फार्मेसिस्ट समेत रहेकी रजनी बाढी आएको दिनदेखि नै पीडितहरुको उद्धार,राहत संकलन तथा बितरणमा खटिएकी छिन्। पिपल डेन्टल कलेज एण्ड हस्पिटल प्रालिसँगको सहकार्यमा आयोजीत शिविरमा करिब साढे दुई सय बिरामीले सेवा लिएको उनले बताइन  स्वास्थ्य सिबिरका साथ पीडितहरुलाई खाध्य सामाग्री,लुगा,सरसफाइका सामान तथा बालबालिकाहरुलाई कापी,पेन्सील,किताब,ड्रोइङ्ग बुक साथै मनोबैज्ञानिक उपचार स्वरुप खेल्ने सामाग्रीहरु बितरण गरिएको उनले जानकारी दिइ ।

नुवाकोट टुप्चेकी स्थायी रजनी भदौ १० गते आएको बिनाशकारी बाढीपछि हराएकाहरुको उद्दार र राहतका लागि निकै खटिएकी थिइन। बाढीका कारण सोले बजारबाट आफ्नो मावली हजुर आमा,माइजू,भाइ,बुहारीलगायत थुप्रै आफन्तलाई गुमाएकी उनको निरन्तरको प्रयासबाट केही पीडितहरुको उद्दार सफल भएको थियो।
आफन्तहरु गुमाउनुको पीडाका बाबजुत पनि उद्दार र राहतमा खटिइरहेकी उनले स्थानीय आशीष रिजाललगायतका सहयोगीहरुको साथले अत्यन्तै प्रभाबित उक्त स्थानमा सिबिर संचालन गर्न सम्भव भएको बताइन। उनले बाढीबाट पीडित थुप्रैले अझैसम्म अत्यावश्यक राहत सामाग्री,औषधि उपचार नपाएको देख्दा निकै दुख लागेको बताइन्।
आफ्नो जन्मभुमिमा हजारौं आफ्ना-आफन्त ले ज्यान गुमाउनुका साथै घर परिवारबिहीन भएको देख्दा हृदय छियाछिया भएको बताउदै उनी भन्छिन्,’यो कुनै एउटा ठाउँको मात्रै पीडा होइन, सारा नेपाली,सारा विश्व दुखी छ। त्यसैले सबैले हृदय खोलेर सहयोग गर्नुस प्लीज।’  ‘परदेशी’ जस्तो ब्लकबस्टर फिल्मकी नायिका रजनीको यही दशैमा नयाँ फिल्म ‘छ माया छ्पक्कै २’ प्रदर्शन हुदैछ। अभिनयका साथमा फार्मेसीस्ट,योग-ध्यान प्रशिक्षण,ब्याबसाय अनि समाजसेवीका रुपमा पनि उनी सकृय छिन।
Leave A Reply

Your email address will not be published.