सुचना, समाचार र मनोरन्जन

‘शिरीषको फूल’ नाटक हेर्न थिएटर पुगेका राजेशले गरे कलाकारको कामको प्रशंसा

काठमाडौं :

कान्तिपुर थिएटरमा मञ्चन भइरहेको नाटक ‘शिरीषको फूल’हेर्नका लागि अभिनेता राजेश हमाल पत्नी मधु भट्टराईसहित थिएटर पुगेका छन्। उनले नाटक हेरिसकेपछि नाटकको कथावस्तु, मञ्चन शैली र कलाकारको अभिनय मन परेको बताए। उनले केहिबेर नाटकका कलाकार सनिशा भट्टराई,जिवन लुइँटेलसँग गफिए।

नाटक हेर्नको लागि राजेश र मधुका अलवा फिल्म क्षेत्रका थुप्रै चर्चित अनुहारहरूको पनि उपस्थित रहेको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, निर्देशक विकासराज आचार्य, कलाकार नीता ढुंगाना अधिकारी, हरिहर अधिकारी र संजोग कोइराला पनि नाटक हेर्न हलमा पुगेका थिए। सात वर्षपछि अभिनयमा फर्किएका नायक जीवन लुइँटेल पनि सोही नाटकमा अभिनय गरिरहेका छन्। गत साउन ८ गतेदेखि सुरु भएको नाटक साउन २७ गतेसम्म मञ्चन हुनेछ।

फोटो : कान्तिपुर फिल्म एकेडेमी

Leave A Reply

Your email address will not be published.