सुचना, समाचार र मनोरन्जन
Sarangi

राजेशको डिएसपीलाई प्रश्न : न्युज लेखाउँदा पनि एकदम मत्थु मातेको थियो भन्दा मजा आयो राजेशपायल राईलाई ?

काठमाडौं :

केहि दिन यता गायक राजेश पायल राईका बारेमा विभिन्न समाचारहरु आइरहेका छन्। चैत २२ गते राति मदिरा पिएर होहल्ला गरेको आरोपमा उनी पक्राउ परेका थिए। उनी राति पक्राउ परेको भोली पल्ट बिहान उनी पदिरा सेवन गरेर पक्राउ परेको खबर बाहिरियो।

उनी सहित तीन जना पक्राउ परेको खबर बाहिरिएपछि उनी तनाबमा थिए। उक्त दिन प्रहरीले सबैलाई आइन्दा यस्तो नगर्ने शर्तमा सचेत बनाएर छाडेको थियो।

राजेश पक्राउ परेको खबर बाहिरिएसँगै अनेक अड्कल बाजीहरु सामाजिक सञ्जालकर्ताहरुले लगाए। तर उनी बाहिरिएको भोली पल्ट इटहरी पुगेर आफ्नो सांगितिक प्रस्तुती दिए। त्यस लगत्तै काठमाडौं आएका उनले एक टेलिभिजनमार्फत उक्त घटनाको बारेमा पहिलोपटक प्रतिक्रिया दिएका छन् ।

हिमालय टेलिभिजनको टक शो ‘अँध्यारोबाट उज्यालोतिर’मा कुरा गर्दै उनले आफूलाई पक्राउ गरिएकोमा आपत्ती जनाउदै प्रहरीलाई आफुले केहि जवाफ दिएको तर्क गरेका छन्।

उनले भनेका छन्,‘यहाँ त शिव भगवानले भाङ धतुरो खान्छ, गाँजासाजा खान्छ । उहाँ अहिले जीवित भएको भए त वन्यजन्तु आरक्षको बाघको छाला काढेकोमा जेल हाल्छ । भगवानलाई पनि जेल हाल्न तयार छन् यी मान्छेहरु । म त मान्छे हो।’

उनका अनुसार त्यो राती ४ वटा भ्यान लिन आएको बताएका छन्। त्यति भ्योन ल्याउनुपर्ने अवस्था नै नरहेको उनको दाबी छ।

कुराकानीमा उनले थपे,‘चार–चारवटा भ्यान ल्याउनुपर्छ २ बजे हो भनेदेखि । ६ जना मान्छेलाई त एउटा भ्यानले पुगिहाल्छ नि।’
राजेश पायलको बारेमा समाचार लेखाउदा मजा आयो भनेर डिएसपीलाई भनेको उनको भनाई छ। आफ्नो बारेमा समाचार लेखाउदा मजा आयो,फुली बढ्यो भन्ने कुरा आफुले गरेको दाबी राजेशको छ।

उनी भन्छन्,‘मैले डीएसपी बुढाथोकी सरलाई पनि भनें– यो चीजले तपाईंहरुको फुली बढ्छजस्तो, छाती चौडा भयो त ? तपाईंको शिर झुक्दैन ? न्युज लेखाउँदा पनि एकदम मत्थु मातेको थियो भन्दा मजा आयो राजेशपायल राईलाई ?’

उनी पक्राउ परेको भोलीपल्ट डिभोर्सको समाचारले सनसनी छायो। त्यस बारेमा भने उनको कुराकानी बाहिरिएको छैन। त्यसका लागि भने टक शो ‘अँध्यारोबाट उज्यालोतिर’ बुधबार राति ९ बजे हिमालय टिभी नै हेर्नुपर्ने हुन्छ।

Leave A Reply

Your email address will not be published.