सुचना, समाचार र मनोरन्जन

राजेश हमालको होस्टमा ‘रिभोल्युशनरी एग्रिकल्चर वार’ प्रसारण सुरु

काठमाडौं :

कृषिमा आधारित गेम रियालिटी शो ‘रिभोल्युशनरी एग्रिकल्चर वार’ को प्रसारण बिहीबारदेखि सुरु भएको छ। बिहीबार राति ८ बजे हिमालय टेलिभिजन र राति ८:१५ बजे ओएसआर रियालिटी युट्युब च्यानल मार्फत शो स्ट्रिमिङ गरिएको हो।

कार्यक्रमको होस्ट महानायक राजेश हमाल रहेका छन् भने निर्देशन शैलेश कँडेल ले गरेका हुन्। निर्देशक कँडेलका अनुसार, शोको उद्देश्य कृषकलाई सशक्त बनाउने, कृषि व्यवसायलाई सम्मानित पेशाको रूपमा स्थापित गर्ने र कृषिप्रति समाजको दृष्टिकोण सकारात्मक बनाउने हो।

हमालले शोले देशको अर्थतन्त्रमा टेवा पुर्‍याउने, कृषकलाई प्रोत्साहन दिलाउने र युवालाई आधुनिक कृषि पेशातर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार, शोले दर्शकलाई कृषिकर्मको महत्व, चुनौती र सम्भावनाबारे जानकारीसहित मनोरञ्जन र प्रेरणा प्रदान गर्नेछ।

कार्यक्रममा किसान र कृषि प्राविधिक गरी दुई समूहका प्रतिस्पर्धीबीच प्रतिस्पर्धा देख्न सकिनेछ। ‘रिभोल्युशनरी एग्रिकल्चर वार’ नेपाली टेलिभिजनमा नयाँ ढंगको प्रयोगका रूपमा प्रस्तुत भएको छ, जसले कृषि क्षेत्रलाई प्रविधि, प्रतिस्पर्धा र मनोरञ्जनसँग जोड्ने लक्ष्य राखेको छ।

Leave A Reply

Your email address will not be published.